सीको स्वागतका लागि बनाइएको तीनकुने पार्कबाट दुबो र फूलका बोट नै चोरी ! | Khabarhub Khabarhub

सीको स्वागतका लागि बनाइएको तीनकुने पार्कबाट दुबो र फूलका बोट नै चोरी !


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– ठूलो चउर । वरीपरी माटोको थुप्रो । त्यही थुप्रोको छेउछेउमा रोपिएका बोटविरुवा । माटो थुपारेर बनाइएको भिरालो जमिनमा रोपिएको दुबोका चपरी ।

यो दृश्य काठमाडौंस्थित तीनकुनेको हो । गत शनिवार चीनका राष्ट्रपति सी चिङफिङको स्वागतका लागि तीनकुने क्षेत्रलाई हरियाली बनाइएको थियो ।

विमानस्थलबाट होटल सोल्टी जाँदा पर्ने बाटोमा सीको स्वागतका लागि तीनकुनेको चउरलाई सजाइएको थियो ।

तीकुनेमा रहेको रहेको ४६ रोपनी जग्गामा बुद्धपार्क बनाउने घोषणा यसअघि नै महानगरले गरेको भएपनि अहिलेसम्म त्यसको काम हुन सकेको छैन ।

मुआब्जा विवादका कारण यस क्षेत्रमा पार्क बनाउन नसक्दा विशिष्ट व्यक्तिको भ्रमणका क्रममा उक्त चउरलाई कहिले प्लेक्सले ढाक्ने गरिएको छ भने कहिले रातारात बगैंचा बनाउने काम गरिएको छ ।

सार्क, विमष्टेक र एसिया प्यासिफिक सम्मेलन जस्ता काठमाडौंमा भएका विभिन्न सम्मलेनहरुमा महानगरले तीनकुनेको फोहोर दृश्य लुकाउन लाखौं रुपैयाँ खर्च गर्ने गरेको थियो ।

यो पटक सीको राजकीय भ्रमणका लागि महानगरले तीनकुने सजाउन ३ वटा नर्सरीलाई जिम्मा दिएको थियो । नर्सरीले ४ सय प्रजातीका फूल विरुवा र दुबो राखेर तीनकुने हेर्न लायक बनाएका थिए ।

तीनकुने मात्र नभएर सरकारले सीको स्वागतका लागि सडकका दायाँवायाँ फूलका गमलाहरुपनि सजाएको थियो ।

राजकीय भ्रमण सकेर सी स्वदेश फर्किएसँगै सडकहरु पुरानै अवस्थामा देखिएका छन् । फूलका गमलाहरु उठाइएको छ ।

फूलका गमलाहरु र सहरको सौन्दर्य कायम राखेको भए हुने भन्दै कतिपयले गमला उठाउँदा सरकारको आलोचना पनि गरेका थिए ।

तीनकुने क्षेत्रमा रोपिएको फूल, रुखबिरुवा र दुबोलाई भने यथावत राखिएको थियो र त्यसको संरक्षण गर्ने महानगरले बताएको थियो ।
तर तीनकुनेमा सजाइएको दुबोका चपरा भने चोरी हुन थालेको छ ।

सरकारले सहरलाई राम्रो नबनाएको र देखावटी रुपमा पार्क बनाएको आरोपकाबीच दुबोका चपरी र फूलकाबोटहरु चोरी भएको हो ।

राति चोरी भएको हो : सुरक्षाकर्मी 

स्थलगत रिपोर्टिङ गर्न हामी तीनकुने क्षेत्रमा पुग्दा त्यहाँ ७÷८ जना सुरक्षाकर्मी बगैंचा वरीपरी घुमिरहेका थिए । फूलका विरुवा सुकेर पहेला बनिसकेका थिए भने आधाभन्दा बढी दुबोको चपारा पनि भिरालो जमिनबाट गायब थिए भने केही स्थानमा फूलका बोटसमेत उखेलिएका थिए ।

‘हामी केही दिनदेखि बगैंचा रेखदेखका लागि खटिरहेका छौं, अझै ४÷५ दिनसम्म यहि हुन्छौं’ एक सुरक्षाकर्मीले खबरहबसँगको कुराकानीमा भने ।

‘बगैंचामा नटेक्नुस् भन्छौं, भित्र चउरमा जान चाहनेहरुका लागि बाटो देखाइदिन्छौं’ उनले थपे ।

उनीसँगको कुराकानीअघि हामीले पार्कको अवस्था अवलोकन गरेका थियौं । त्यसक्रममा त्यहाँ केही दुबोका चपराहरु र फूलकाबोटहरु निकालिएको फेला प¥यो ।

कोटेश्वरबाट गौरीगाउँ जानेबाटोतर्फ रोपिएका दुबोका चपराहरु छैनन् त भन्ने हाम्रो प्रश्नमा सुरक्षामा खटिएका राम रावलले भने ‘दिउँसो त हामीहरु बसिरहेकै छौं, सायद रातिको समयमा यतैका स्थानीयले दुबोको चपरा चोरी गरेको हुनसक्छ ।’

स्थानीय भन्छन्ः देखावटी काम कसरी टिक्छ ? 

तीनकुनेको बगैचा वरीपरी हिँडिरहेका थिए स्थानीय क्षेत्रबहादुर थापा । पार्कको छेउवा भेटिएका थापाले भने देखावटी काम गरेको भन्दै सरकारको आलोचना गरे । पार्क बनाउने कुरा कार्यान्वयन नभएको भन्दै उनले दुःख व्यक्त गरे ।

‘यहाँ पार्क बनाउने कुरा आजको होइन नि’ उनले भने ‘मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन त्यही भएर जहिल्यै पाहुना आउँदा यसरी नै देखावटी काम हुन्छ’ ।

थापा धेरैजसो समय यही चउरमा बिताउँछन् । अझ सीको आवगमनसँगै बगैंचा बनाएपछि त उनी बिहान घाम झल्किन साथ बगैँचामा आइपुग्ने बताउछन् ।

‘दुइ दिनको लागि झिलीमिली बनायो महानगरले’ उनले भने ‘अहिले फूल विरुवा नि मरिसके, उतापट्टि दुबो नि चोरी भइसक्यो’ उनले भने ।

दुबो हराएको महानगरलाई थाहा छैन !

तीनकुनेको पार्क, बोटविरुवा र दुबो संरक्षणका लागि छुट्टै टीम बनाएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले खबरहबलाई जानकारी दिए ।

‘त्यही टीमद्धारा बिहान र बेलुका १/१ ट्याङ्कर पानी हाल्ने काम भइरहेको छ’ उनले भने ‘मलजल दिने मानिस समेत खटाइसकेका छौं’ । उनका अनुसार स्थायी रुपमै तीनकुनेमा बगैंचा बनाइएको र त्यो हरियाली बन्ने महानगरले अपेक्षा गरेको छ ।

तर दुबोका चपरी चोरी भएको बारे भने महानगर बेखर छ । प्रवक्ता डंगोलले आफूलाई तीनकुनेको पार्कमा राखिएको दुबोको चपरी चोरी भएको बारे आफूलाई जानकारी नभएको उनले बताए ।

पार्कको संरक्षणका लागि जनशक्ति परिचालन गरिएकाले चोरी हुने सम्भावना नै नभएको उनको दाबी छ । तर पार्कमा राखिएको दुबो भने दैनिकरुपमा हराउँदै गइरहेका छ ।

‘बगैंचाकै लागि हामीले संरक्षकहरु खटाएका छौं कसरी हराउछ दुबो’उनले भने ।

चोरी भएका स्थानमा दुबो प्रतिस्थापन गर्ने नगर्ने भन्ने कुरा भने अहिले निश्चित नभएको उनले बताए ।

सी को स्वागतका लागि तिनकुनेलाई सजाउनका लागि काठमाडौं महानगरपालिकाले २६ लाख रुपैयाँ खर्च गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ४ : ०१ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्