एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक « Khabarhub

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर आशिफ शेखले अर्थशतक बनाएका छन्। अर्का ओपनर अर्जुन कुमालसँग ९७ रनको साझेदारी गरेका उनले ७३ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्।

२१ ओभरको अन्तिम बलमा नेपालका अर्जुन कुमाल आशिफसँग तालमेल नमिल्दा रनआउट भए । अर्जुनले ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए । अर्जुन आउट भएपछि तेस्रोक्रममा ब्याटिङ गर्न इशान पाण्डे क्रिजमा छन्। टस जितेर संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध सुरुमा ब्याटिङ गरेको नेपालका लागि ओपनरले महत्त्वपूर्ण साझेदारी गरेका हुन्।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेपछि ओपनिङ आकर्षक बनेको हो ।

२७ ओभरको समाप्तिमा नेपालले दुई विकेट गुमाएर १२५ रन बनाएको छ । नेपालका लागि इशान पाण्डे २० बलमा १३ रन बनाएर आउट भएका हुन्। इशान आउट भएपछि रोहित पौडेल ब्याटिङमा आएका छन्। आशिफ ७८ बलमा ५८ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ९ : ०० बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा