क्यानको बैठक बस्दै, पारसको राजीनामाबारे छलफल नहुने ! « Khabarhub

क्यानको बैठक बस्दै, पारसको राजीनामाबारे छलफल नहुने !


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट शसर्त निलम्बन फुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो बैठक आइतबार बस्ने भएको छ ।

मुलपानीस्थित क्यानको कार्यालयमा बस्ने बैठकले आईसीसीको निलम्बन फुकुवासम्बन्धी विषयमा छलफल गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

असोज १० र ११ गते काठमाडौंमा भएको क्यान निर्वाचनबाट चतुरबहादुर चन्दको टोली नेतृत्वमा आएपछि आईसीसीले क्यानको निलम्बन शसर्त फुकुवा गरेको हो ।

‘बैठकमा आईसीसीले भनेका ‘कन्डीसन्’ बारे छलफल हुन सक्छ खासै ठूलो एजेन्डाहरु नहोलान्’ सचिव प्याकुरेलले भने ।

‘निलम्बन फुकुवा भइसकेपछि पहिलो पटक बस्दैछ । त्यसैले यसमा अन्य कुराहरु भन्दा पनि आईसीसीको निर्णयबारे छलफल हुन्छ,’ सचिव प्याकुरेलले भने,‘यसमा खासै धेरै एजेन्डा केही पनि छैन् ।’

आईसीसीले गतको सोमबार क्यानको निलम्बन फुकुवा गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले राजीनामा दिएपछिको पहिलो बैठक भएपनि यसमा पारसको विषयमा गहन छलफल भने नहुने प्याकुरेलले बताए ।

‘पारस जीको राजीनामा क्यानसम्म आधिकारीक रुपमा नसकेकाले यो विषयमा छलफल हुँदैन्,’ सचिव प्याकुरेलले अगाडि भने,‘यसमा साथिहरुले चासो राख्न सक्छन् । तर, आधिकारीक रुपमा राजीनामा नआइकन यो विषयमा छलफल हुँदैन ।’

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ४ : ३७ बजे

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले