ललितपुरलाई हराउँदै विराटनगरको विजयी शुरुवात « Khabarhub

ललितपुरलाई हराउँदै विराटनगरको विजयी शुरुवात


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमेन्स च्याम्पियन्स लिग (ड्ब्लुसिएल) अन्तर्गत विहीबार भएको आफ्नो पहिलो खेलमा विराटनगर टाईटन्सले विजयी शुरुवात गरेको छ ।

त्रिभुवन विश्वविधलयमा बिहीबार भएको दोस्रो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले दिएको १ सय २३ रनको विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर ब्याटर ज्योति पाण्डे र सोनु खड्का ८३ रनंको ओपनिङ साझेदारी खेल्दा विराटनगर सहज अवस्थामा पुगेको थियो ।
जसमा ज्योति पाण्डेले अर्धशतक पूरा गरिन् । उनले ४३ बलमा १० चौका र १ छक्काको मद्दतमा ६५ रन बनाइन् ।

यस्तै, सोनु खडकाले २४ रन र अस्मिना बज्राचार्यले १२ रन बनाइन् । विराटनगरविरुद्ध ललितपुरकी सम्झना खडकाले २ तथा करुणा भण्डारीले १–१ विकेट लिन सफल भएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो ।
ललितपुरका लागि ममता चौधरीले सर्बाधिकले २८ रन, करुणा भण्डारीले २१, कृति शेन र सम्झना खड्काले समान १३–१३ रन बनाएकी थिइन् ।
ललितपुरविरुद्ध बिराटनगरकी सबनम राई र आरती बिडारीले समान १–१ विकेट लिएका थिए । प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछ ।
शुक्रबार हुने पहिलो खेलमा बिराटनगर र पोखरा भिड्ने छन भने दोस्रो खेलमा चितवन र ललितपुर भिड्ने छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ५ : १९ बजे

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका