ललितपुरलाई हराउँदै विराटनगरको विजयी शुरुवात « Khabarhub

ललितपुरलाई हराउँदै विराटनगरको विजयी शुरुवात


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमेन्स च्याम्पियन्स लिग (ड्ब्लुसिएल) अन्तर्गत विहीबार भएको आफ्नो पहिलो खेलमा विराटनगर टाईटन्सले विजयी शुरुवात गरेको छ ।

त्रिभुवन विश्वविधलयमा बिहीबार भएको दोस्रो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले दिएको १ सय २३ रनको विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर ब्याटर ज्योति पाण्डे र सोनु खड्का ८३ रनंको ओपनिङ साझेदारी खेल्दा विराटनगर सहज अवस्थामा पुगेको थियो ।
जसमा ज्योति पाण्डेले अर्धशतक पूरा गरिन् । उनले ४३ बलमा १० चौका र १ छक्काको मद्दतमा ६५ रन बनाइन् ।

यस्तै, सोनु खडकाले २४ रन र अस्मिना बज्राचार्यले १२ रन बनाइन् । विराटनगरविरुद्ध ललितपुरकी सम्झना खडकाले २ तथा करुणा भण्डारीले १–१ विकेट लिन सफल भएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो ।
ललितपुरका लागि ममता चौधरीले सर्बाधिकले २८ रन, करुणा भण्डारीले २१, कृति शेन र सम्झना खड्काले समान १३–१३ रन बनाएकी थिइन् ।
ललितपुरविरुद्ध बिराटनगरकी सबनम राई र आरती बिडारीले समान १–१ विकेट लिएका थिए । प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछ ।
शुक्रबार हुने पहिलो खेलमा बिराटनगर र पोखरा भिड्ने छन भने दोस्रो खेलमा चितवन र ललितपुर भिड्ने छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ५ : १९ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको