सात वटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी « Khabarhub

सात वटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ ।

सडक दुर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्न ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

विश्व ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सो जानकारी दिँदै स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासका लागि बजेट, जनशक्ति तथा पूर्वाधारको अभाव रहेको चर्चा गरे ।

उनले भने, “संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नुपर्छ । अर्थ मन्त्रालयको स्वास्थ्यमा बजेट बढाउन ध्यान गएको छैन । सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको नीति छ ।”

स्वास्थ्य सचिव खगराज बराललले सातवटै प्रदेशमा ट्रमा सेन्टरको आवश्यकता औँल्याउँदै काठमाडौँको ट्रमा सेन्टरको विकासमा मन्त्रालयले ध्यान दिएको बताए ।

ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवले अन्य उपचारको तुलनामा ट्रमाको उपचारका लागि लामो समयसम्म गर्नुपर्ने भएकाले दुर्घटना नै हुन नदिन विशेष सचेतनाका कार्यक्रम सञ्चालनको आवश्यकता रहेको औँल्याए ।

ट्रमा सेन्टरमा थप उपकरण र जनशक्ति अभाव रहेको गुनासो गर्दै उनले तत्काल एमआरआई उपकरणको अति आवश्यकता रहेको बताए । हाल सेन्टरमा ११ श्ययाको आइसीयु दश शय्यामा मात्र सञ्चालनमा छ ।
आर्थिक वर्ष २०७२÷७३ मा चोटपटक लागेर अन्तरङ्ग सेवा (ओपिडी) लिने बिरामीको सङ्ख्या २८ हजार ३२३ रहेकामा गत आर्थिक वर्षमा सो सङ्ख्या ७९ हजार २३९ रहेको थियो ।

यसैगरी सेन्टरमा आव २०७२÷७३ मा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या पाँच हजार ४६६ रहेको थियो । आव २०७५÷७६ मा १८ हजार २६३ जनाले सेवा लिएको सेन्टरले जनाएको छ । आव २०७२÷७३ भर्ना हुनेको सङ्ख्या तीन हजार ७११ थियो भने अहिले बढेर चार हजार २४ जना पुगेको छ ।

सवारीसाधन दुर्घटना मात्र प्रत्येक दिन पाँचदेखि सात तथा वार्षिक करीब दुई हजार जनाको अकालमा मुत्यु हुने सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले साउन र भदौमा मात्र काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा परी २८ जनाको मृत्यु भएको बताए । दुर्घटनामा मृत्यु हुनेमध्ये महिला २४ प्रतिशत तथा पुरुष ७६ प्रतिशत रहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ३० बजे

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न