युरोपेली संघबाट बाहिरिने विषयमा इयू र बेलायतबीच नयाँ सहमति « Khabarhub

युरोपेली संघबाट बाहिरिने विषयमा इयू र बेलायतबीच नयाँ सहमति


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ (इयु) र बेलायतबीच नयाँ सम्झौताका लागि सहमति भएको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत् नयाँ सम्झौतामा पुगेको संघका अध्यक्ष क्लाउड यङ्कर र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जानकारी गराएका हुन् ।

यङ्करले लेखेका छन्, “जहाँ चाहना, त्यहाँ उपाए । हामी एकै ठाउमा हुनेछौँ र सम्झौता गर्नेछौँ ।”

“हामीले अहिले नयाँँ कानूनका लागि सहमति बनाएका छौँ । सहमति सबैको विजयका लागि भएको छ । यसले हाम्रो एकल बजार र आएरल्याण्डको शान्ति तथा स्थायित्वको रक्षा गर्नेछ भने बेलायत र इयूको मित्रतालाई निरन्तरता दिनेछ ।”

“हामीले नयाँ र वैध समाधान ल्याएका छौ जसले कडा सीमा कानूनलाई प्रयोगमा ल्याउने छैन र आएरल्याण्डको शान्ति र स्थायित्वलाई रक्षा गर्नेछ ।”

बेलायत र युरोपेली संघका लागि यो सम्झौता पारदर्शी र सन्तुलित हुनुका साथै समस्या समाधानको उपायको रूपमा पनि रहेको उनले उल्लेख गरे ।  ब्रसेल्स सम्मेलन सुरु हुनुभन्दा केही घण्टा अगाडि उहाँहरुबीच सम्झौता भएको हो । इयू नेताहरू सहभागी हुने ब्रसेल्स सम्मेलनबाट पास गरेपछि सहमति औपचारिकता पाउनेछ ।

यस पहिले पूर्व प्रधानमन्त्री टरिजा मे ले गरेको सम्झौतामा बेलायतको संसदमा बहुमत जुट्न नसक्दा ब्रेक्जिट प्रक्रिया लम्बिएको र यसका लागि नयाँ पहल प्रधानमन्त्री जोनसनले अघि बढाएका हुन् ।

बेलायती प्रधानमन्त्री जोनसोनले सम्झौतालाई अगाडि बढाउन आफ्नो संसदले साथ दिने विश्वास व्यक्त गरे । सांसदहरुको आलोचनाकाबीच उनले सम्झौता गर्न लागेका हुन् । यो सम्झौतालाई बेलायतको संसदले पनि पारित गर्नुपर्दछ ।

सहमतिबारे प्रधानमन्त्री जोनसनले भने,“यो सम्झौताले मुलुकलाई सही बाटोमा लैजानेछ, देश र जनताको हितमा हुनेछ ।”

उनले आफ्नो पार्टी र सत्ता साझेदार पार्टीहरूलाई पनि सम्झौताको पक्षमा उभिन आग्रह गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ५१ बजे

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र

साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता

काठमाडौँ– दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रामचरण र उनकी पत्नी

पोखराको पर्यटनमा नयाँ आयाम थपिरहेको पुम्दिकोट (तस्बिरहरू)

काठमाडौं– पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ

इन्डोनेसियाली ‘पेट्रोल गडफादर’ विरुद्ध रेड नोटिस

जकार्ता– इन्टरपोलले २८ करोड ५० लाख अमेरिकी डलर बराबरको ठूलो

जापानको गहिरो समुद्रमा दुर्लभ पृथ्वी तत्त्वको खोज

टोकियो– जापानले गहिरो समुद्री परीक्षण मिसनका क्रममा समुद्रको करिब छ