'तत्कालका लागि मन्त्री हेरफर हुँदैन' | Khabarhub Khabarhub

‘तत्कालका लागि मन्त्री हेरफर हुँदैन’


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले मन्त्रीहरुको हेरफेरबारे पार्टीभित्र छलफल भए पनि तत्काल हेरफर नहुने बताए ।

काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता शर्माले मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भए पनि कहिले पुनर्गठन गर्ने वा नगर्ने भन्ने निष्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकाले अहिले नै केही भन्न सकिने अवस्था नरहेको बताए ।

नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारे ।

आलोपालोको कुरा उठे पनि अहिले त्यो सम्भावना नरहेको भन्दै उनले अहिले सरकारले धमाधम परिणाम दिन थालेकाले सरकारलाई अस्थिर बनाउन नहुने बताए ।

नेता शर्माले संघीय संसद्को सभामुख पद रिक्त रहेकाले छिटोभन्दा छिटो सभामुख निर्वाचित गरिने बताए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा सरकारले परिपक्व कूटनीति र व्यवहार प्रस्तुत गरेको भन्दै सरकारलाई बधाई दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरे । नेता बस्नेतले चिनियाँ राष्ट्रपति सीको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको टिप्पणी गरे ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १० : ०३ बजे

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह