१३औं साग : नेपालको लक्ष्य ५० स्वर्ण पदक « Khabarhub

१३औं साग : नेपालको लक्ष्य ५० स्वर्ण पदक


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ५० स्वर्णपदक जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता आयोजनासँगै नेपालले प्रदर्शनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

नेपालले आठौँ साफमा सबैभन्दा राम्रो नतिजा हासिल गरेको थियो । त्यसयता नेपालले उत्कृष्ट नतिजा ल्याउन सकेको छैन । सन् १९९९ मा घरेलु मैदानमा भएको साफमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो । नेपालले आयोजकका नाताले तेक्वान्दो र कराते खेललाई प्रतियोगितामा समावेश गरेको थियो ।

कराते र तेक्वान्दोबाट समान १४/१४ स्वर्ण जितेको थियो । नेपाल कूल ३१ स्वर्ण, १० रजत र २४ कांस्यसहित ६५ पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले घरेलु मैदानमा आयोजना गरिने १३औँ सागमा ५० स्वर्णपदक जित्दै सागलाई ऐतिहासिक बनाउने लक्ष्य लिएको बताए ।

उनले भने, “साग खेलकुद एउटा प्रतियोगिता मात्र नभएर नेपाललाई विश्वमा चिनाउने माध्यम पनि हो । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश दिनु पनि हो । त्यसैले सबै मिलेर सागलाई सफल पारौँ ।”

उनका अनुसार साग तयारीका लागि भलिबल, कराते, तेक्वान्दोलगायत २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको छ भने नेपालमै रहेका अधिकांश खेलका खेलाडीलाई विदेशी प्रशिक्षक ल्याएर प्रतियोगिताका लागि तयार गरिँदै छ ।

सन् १९८५ मा बंगलादेशको ढाकामा भएको दोस्रो संस्करणमा नेपालले एक स्वर्ण, ९ रजत र २२ कास्य पदक पाँचौँ स्थानमा चित्त बुझाएको थियो । ढाकामा धावक बैकुण्ठ मानन्धरले जितेको स्वर्ण नै नेपालको पहिलो पदक थियो ।

त्यसअघि सन् १९८३ मा काठमाडौँमा आयोजना भएको पहिलो संस्करणको सागमा एथ्लेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यतिबेला नेपालबाट एक सय पाँच खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा नेपालले चार स्वर्ण, १२ रजत र आठ कास्य जित्दै चौथो स्थान हासिल गरेको थियो ।

यस्तै भारतको कोलकातामा सन् १९८७ मा सम्पन्न साफको तेस्रो संस्करणमा नेपाल पाँचौँ भएको थियो । नेपालले दुई स्वर्ण, सात रजत र ३३ कास्य पदक जितेको थियो । पाकिस्तानको इस्लामाबादमा सन् १९८९ मा सम्पन्न चौथो साफमा नेपाल एक स्वर्ण, १३ रजत र ३२ कास्यसहित चौथो स्थानमा रह्यो । श्रीलङ्काको कोलम्बोमा सन् १९९१ मा पाँचौँ संस्करण हुँदा नेपालले दुई स्वर्ण, आठ रजत र ३० कास्यसहित पाँचौँ स्थान हासिल गरेको थियो ।

बंगलादेशमा सन् १९९३ मा भएको साफमा नेपाल एक स्वर्ण, छ रजत र १५ कास्यसहित पाँचौँ स्थानमा रह्यो । भारतको मद्रासमा सन् १९९५ मा सम्पन्न सागमा नेपालले चार स्वर्ण, आठ रजत र १६ कास्य पदक जित्दै पाँचौँ स्थान हासिल ग¥यो ।

पाकिस्तानको इस्लामावादमा सन् २००४ मा नवौँ साफमा नेपालले सात स्वर्ण, छ रजत र नौ कास्य जितेर चौथो स्थानमा चित्त बुझाएको थियो । श्रीलङ्काले सन् २००६ मा १०औँ साग आयोजना ग¥यो । यही संस्करणदेखि उक्त प्रतियोगिता दक्षिण एशियाली खेलकुद (साग) मा रुपान्तरण भयो । कोलम्बोमा भएको प्रतियोगितामा नेपालले नौ स्वर्ण, १५ रजत र ३१ कास्य जितेर चौथो स्थान हासिल गरेको थियो । दोहोरो स्वर्ण जितेका राजेन्द्र भण्डारी डोपिङ परीक्षणमा असफल भएपछि नेपालले दुई स्वर्ण गुमाउनु परेको थियो ।

सन् २०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११औँ संस्करणको सागमा नेपालले आठ स्वर्ण, नौ रजत र २० कास्य जित्दै पाँचौँ स्थानमा चित्त बुझाएको थियो । भारतमा सम्पन्न १२औँ संस्करणको सागमा भने नेपाल छैटौँ स्थानमा रह्यो ।

नेपालले तीन स्वर्ण, २३ रजत र ३४ कास्य मात्र जित्यो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ यसपटकको सागमा सबै राष्ट्रले सहभागिता जनाएको बताउँछन् ।

तेह्रौँ सागमा २७ खेल (बिच भलिबल र थ्री अन थ्री बास्केटबल)समेत गरी कुल २९ खेल समावेश गरिएको छ । दुई दशक अघि आठौँ साफमा १२ खेल समावेश गरिएको थियो । सागमा तीन हजारभन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता काठमाडौँसहित पोखरा र जनकपुरमा आयोजना हुनेछ ।

काठमाडौँमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । फुटबल, भलिबल र क्रिकेटका खेल पोखरा र काठमाडौँमा हुनेछन् । प्रतियोगितामा कुल तीन सय २४ स्वर्ण, तीन सय २४ रजत तथा चार सय ८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

सरकारले १३औँ सागका लागि झण्डै रु साढे चार अर्ब बजेट छुट्टयाएको छ । पूर्वाधार निर्माणका लागि रु एक अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि रु तीन अर्ब ६५ करोड बजेट रहेको छ । विसं २०७२ मा गएको भूकम्पका कारण क्षति भएको खेल मैदान निर्माण तीव्र गतिमा भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, पोखरा रङ्गशाला, सातदोबाटोस्थित स्वीमिङ पुललगायत संरचजना पुनःनिर्माण एक हप्ता भित्र तयार हुने यूवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताए । “पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, उनले भने ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ४६ बजे

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र

खोटाङ– महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले सञ्चालन गरेको

तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने

काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

एजेन्सी– इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण