केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप « Khabarhub

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले पार्टीमा विवाद बढिरहेको आरोप लगाएका छन्। असोज २८ देखि जारी केन्द्रीय समिति बैठकअन्तर्गतको शुक्रबारको बैठकमा आफ्नो धारणा राख्दै पौडेलले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भूमिकामाथि प्रश्न उठाएका हुन्।

उनले जेनजी आन्दोलन नै महामन्त्रीहरूको भूमिकाको कारण भएको आरोप लगाए। ‘तपाईं पदाधिकारीज्यूहरूलाई हामी सबै सदस्यहरूले चिनेका छौँ। तपाईंहरूको मिलेमतोले यो अवस्था (जेनजी आन्दोलन र अराजकता) आउन मद्दत गरेको छ’ उनले भने, ‘तपाईंहरूले हामीलाई जलाएर खरानी घस्न होडबाजी गरिरहनु भएको छ। विशेष महाधिवेशनका लागि बकाइदा हस्ताक्षर गर्नुहोस्, हस्ताक्षर गर्नै चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुहोस भनेर पार्टी महामन्त्रीले आह्वान गर्ने हो ?’

४५ वर्षको सक्रिय राजनीतिमा अहिलेसम्म वडा अध्यक्षको टिकटसमेत नलिएको भन्दै पार्टीमा निस्वार्थ काम गरेकाहरूलाई पदाधिकारीले अपमान गरेको उनको भनाइ छ। महामन्त्री थापाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकाहरूलाई देखाएर शक्ति प्रदर्शन गरिरहेको उनको आरोप छ।

‘भदौ २४ गतेसम्म हस्ताक्षर नगरेकालाई के गर्नु हुन्छ? हस्ताक्षर गराएर अलपत्र पार्नु भयो भने तपाईंहरूलाई इतिहासले के पुरस्कार देला ?,’ गगनतर्फ प्रश्न गर्दै उनले भने, ‘महामन्त्रीज्यू तपाईंलाई ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले भोट हालेका थिए, आज तपाईंहरूले आह्वान गरेर करकापमा पारेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मात्र हस्ताक्षर भयो, ती सबै हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूलाई सम्मान छ, तर तपाईंहरूलाई भोट दिएका नौ प्रतिशत साथीहरूले किन छाडे? तपाईंहरूको मधुरवाणी सुन्न मेरा कान आतुर छन्।’

उनले जेनजी आन्दोलन आउनुमा पार्टीका भातृ संगठनहरू तरुण दल र नेविसंघलाई सामयिक चलाउन नसक्नु कारण रहेको भन्दै त्यसको दोष महामन्त्रीहरूले लिनुपर्ने हो कि होइन भन्दै प्रश्न गरे। उनले सामाजिक सञ्जालमा आउने वक्तव्य वा प्रायोजित अनलाइनका समाचारले महाधिवेशन नहुने भन्दै गर्ने नै भए प्रक्रियाभित्र बसेर काम गर्न आग्रह गरे।
खासगरी सदस्यता व्यवस्थापन गर्न नसकेकोमा महामन्त्रीलाई उनको प्रश्न थियो।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ४८ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार