पूर्व राजा ज्ञानेन्द्रको ‘विन्दास मुड’, नाँचेको भिडियो बन्यो भाइरल (भिडियोसहित) « Khabarhub

पूर्व राजा ज्ञानेन्द्रको ‘विन्दास मुड’, नाँचेको भिडियो बन्यो भाइरल (भिडियोसहित)


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पूर्व राजा ज्ञानेन्द्र शाह नाँचेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

काठमाडौंको एक रेस्टुरेन्टमा नाँच्दै गरेको दृश्य आइतवारबाट सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

छोरी प्रेरणा र बुहारी हिमानीका साथमा रहेका पूर्व राजा ज्ञानेन्द्र लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको हो ।

‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ बोलको गीतमा पूर्व राजा ज्ञानेन्द्र नाचेका छन् ।

भिडियोमा पूर्व राजा ज्ञानेन्द्र विन्दास पारामा नाँचेको देख्न सकिन्छ ।

उनी त्यहाँ उपस्थित भएका सर्वसाधारणसँग पनि नाँचेका छन् ।

भिडियोमा पूर्व राजा बालकुनीमा नाँचिरहेको देखिएको छ ।

म्युजिकमात्र सुनिएको गीतमा ज्ञानेन्द्र परम्परागत रुपमा नाँचेका छन् ।

ढाका टोपी कोट र पाइन्टमा रहेका पूर्व राजा नाँचिरहँदा तल बसेका सर्वसाधारणले हुँटिङ गरिरहेका भिडियोमा देख्न सकिन्छ ।

केही बेर नाँचेपछि उनले तल रहेका सर्वसाधारणलाई फ्लाइङ किस दिन्छन् भने नमस्कार गर्दै अभिभादन गर्छन् र हिँड्छन् ।

एलओडीले १६ नोभेम्बर(हिजो) युट्युवमा अपलोड गरेको एक भिडियोमा पूर्व राजपरिवारका सदस्यको अप्रत्याशित भ्रमण भनिएको छ । जहाँ उनी विन्दास मुडमा नाँचिरहेका छन् । हात हल्लाउँदै नाचिरहेका उनी बेलाबेलामा तल रहेका मानिसलाई नमस्कार गर्छन् भने बेलाबेलामा हात हल्लाउँछन् ।

भिडियोमा देखिए अनुसार उनी बालकुनीबाट तल झरेर मानिसहरुसँग भेट गर्छन् नमस्कार ग्रहरण गर्छन् र अरुलाई नमस्कार गर्दै हात मिलाउँदै हिँड्न । पूर्व राजको नाँचेको भिडियोमा हिमानी लगायतका राजपरिवारका सदस्य पनि रमाउँछन् ।

उनलाई छुन र नमस्कार गर्नेको बाक्लो क्रेज रहेको हुन्छ । त्यसक्रममा त्यहाँ भेला भएका केही युवतीसँग हात समाएरसमेत पूर्वराजा नाँचन् । अंगालो मार्छन्, सेल्फी खिच्नेको लागि समय दिन्छन् ।

लगाएको कोट खोलेर पूर्व राजा विन्दास रुपमा नाँच्छन् । सेतो सर्टमा उनी केही बेर कोट खोलेर नाँछन् । उन्मुक्तरुपमा हात फैलाउँछन् । मन्दमुस्कान् छर्छन् ।

राजपरिवारका अन्य सदस्यपनि उनीसँग ताली बजाउँछन्, नाँचछन् ।

पूर्व राजको विन्दास मुड

सामाजिक सञ्जालमा केहीले पूर्व राजाको विन्दास मुडको प्रशंसा गरेका छन् भने केहीले आलोचना ।

आलोचकहरुले पूर्व राजपरिवार यही मनोरञ्जन र विन्दासपनका कारण संकटमा परेको टिप्पणी गरेका छन् । केहीले भने देशको सीमा अतिक्रमण भएको बेलामा नाचेर बस्नु भन्दै कटाक्ष गरेका छन् ।

कतिपयले ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा नाचेको भन्दै पूर्व राजपरिवारलाई देशको माया भएको भन्दै राजतन्त्रको वकालत पनि गरेका छन् ।

०००
पूर्व युवराज पारश साहका कारण पछिल्लो समय पूर्व राजपरिवार तनावमा रहेको छ ।

पूर्व युवराज पारशको ‘आवारा’ ताबाट वाक्क बनेका पूर्व राजा ज्ञानेन्द्रसहितका सदस्यहरु भने धेरैजसो कार्यक्रममा एकै स्थानम देखिने गरेका छन् । मनोरञ्जन गर्ने गरेका छन् । पारश साहका कर्तुतका कारण उनलाई भने निर्मल निवासमा नै रोक लागेको छ ।

पछिल्लो समय पारश शाह मोडल तथा भिजे सोनिका रोकायसँग हिँडिरहेका छन् । दुई साता अघि पोखरामा फेला परेका पारस सोनिकालाई बाइकको पछाडि राखेर हुँइकिएका थिए ।

त्यस्तै सोनिकासँगै मुक्तिनाथ पुगेर पारस साधुको भेषमा देखिएका थिए भने केही भिडियोमा पारस पिङ खेलिरहेको र सोनिकाका लागि पिङ मच्चाइरहेकासमेत देखिएका छन् ।

पूर्व राजपरिवारको सदस्य भएपनि पारसले मर्यादा छोडेपछि पूर्व राजा ज्ञानेन्द्र, पत्नी हिमानी लगायत राजपरिवारका सदस्यहरु तनावमा रहनु र त्यो तनावबाट मुक्तिपाउनका लागि मनोरञ्जनमा लाग्नु स्वभाविक भएको सामाजिक सञ्जालहरुमा चर्चा गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ८ : ३३ बजे

वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

काठमाडौं- सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले

काठमाडौं– राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार