धार्मिक कार्यसँगै औषधीय गुण भएको ‘बेल’ खानुका यस्ता छन् फाइदा « Khabarhub

धार्मिक कार्यसँगै औषधीय गुण भएको ‘बेल’ खानुका यस्ता छन् फाइदा


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

आयुर्वेदमा बेललाई मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । आयुर्वेदअनुसार पाकेको बेलले कब्जियत हटाउने, खाना रुचाउने, शरीरलाई शितलता प्रदान गर्ने गर्छ । काँचो बेल रुघा, अपच, शरीर गर्मी हटाउन तथा शरीरका भित्री रोगहरुको निर्मूलताका लागि उपयोगी मानिन्छ ।

बेलको बाहिरी कबज अत्यन्तै साह्रो हुन्छ । नरिवल झै फोड्नुपर्ने हुन्छ । पाकेको बेललाई काँचै, जुस बनाएर तथा चुर्ण बनाएर समेत प्रयोग गर्न सकिन्छ । मधुमेह रोगीका लागि पनि बेल उत्तम मानिन्छ ।

बेलको फलमा मात्र होइन पातमा पनि निकै धेरै औषधीय गुण पाइन्छ । यसका पातलाई पिनेर यसको रस दिनमा दुई पटक सेवन गर्नाले मधुमेह रोगीका लागि निकै फाइदाजन हुन्छ । त्यस्तै रक्त अल्पता भएका बिरामीहरुले सुखेको बेलको चुर्णलाई तातो दुध तथा मिश्रीसँग घोलेर खानाले निकै लाभदायक हुन्छ ।

नेपालमा प्रशस्त पाइने मौसमी फल बेल पेटसम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ । यसमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण हुन्छ, जो पाचनका लागि धेरै फाइदाजनक हुन्छ । यति मात्र नभई बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ ।

यसको नियमित सेवनले कब्जियत जरैदेखि समाप्त हुने मान्यता छ । यो मधुमेह रोगीका लागि पनि फाइदाजनक मानिन्छ । फलको पातलाई पिसेर रस खानाले मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।

बेलमा धेरै प्रकारका पोषक तत्व हुन्छन् । यी पोषक तत्वको सहयोगले मिर्गौलाको विषनाश (डिटक्सिफाई) गरेर शरीरको फोहोर बाहिर निकालिदिन्छ । बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।

पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रादान गर्छ र विभिन्न रोग लाग्नबाट बचाउँछ । बाहिरी आवरण एकदम कडा हुने यो फल भित्र ८–१५ वटा कोठाहरू हुन्छन्, जसमा बीउ र सुन्तला रङको भित्रीभाग हुन्छ । यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन् ।

नेपालमा बेल पूर्वदेखि पश्चिमसम्म करिब ११०० मिटरसम्मको उचाइमा पाइन्छ । हाल बेलको उन्नत जातका बिरुवाको खेती गर्ने चलन पनि छ ।

बेलको जरा आयुर्वेदिक औषधीय पद्धतिमा तयार गरिने ‘दसमूल’ मा प्रयोग गरिन्छ । नपाकेको फल झाडापखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ ।

यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन् । यसको पाकेका फलको गुदीबाट सर्बत पनि बनाउने गरिन्छ ।

अंग्रेजीमा उड एपल, एलिफेन्ट एपल, मंकी फ्रुट भनेर चिनिने यो फलको जुस र जाम बनाएर प्रयोग गर्ने गरेको पाइन्छ । बेलबाट विभिन्न मिठाइ तथा केक पनि बनाउन सकिन्छ ।

के–के पाइन्छ बेलमा ?

कार्बोहाइडेड ३१.८ एमजी, चिल्लो पदार्थ ०.३ एमजी, प्रोटिन १.८ एमजी, भिटामिन ५५ एमजी, भिटामिन सी ६० एमजी, क्याल्सियम ८५ एमजी, पोटासियम ६०० एमजी, फाइबर २।९ एमजी, शक्ति १३७ केजी क्यालोरी ।

कसरी खाने बेल ?

बिहान खाली पेटमा पानीमा मिसाएर बेलको पात या रस पिउन सकिन्छ । सलादको रुपमा खाना खानुअघि खान सकिन्छ ।

नियमित रुपमा मात्रा मिलाएर जुस पिउन सकिन्छ । डेजर्टको रुपमा खानाको अन्तिम समयमा पनि बेलको मात्रा लिन सकिन्छ । बेलको जाम पनि मात्रा मिलाएर नियमित लिनाले फाइदा पुर्‍याउँछ ।

बेलका फाइदा

– शरीरमा उब्जने विकार रगतलाई शुद्धीकरण गर्न बेल फल उत्तम मानिन्छ ।
– कानसम्बन्धी समस्या भएकाहरुका लागि बेल गुणकारी मानिन्छ ।
– पेटसम्बन्धी अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ ।
– युरिक एसिड हुनेका लागि पनि बेलले धेरै राहत दिन्छ ।
– अन्य फलको तुलनामा बेलमा धेरै कम कोलेस्टेरोल हुने हुँदा स्वस्थ्यका लागि हितकारी
मानिन्छ ।
– नुन, बेसार, तेल बेलमा मिसाएर दाँत माँझ्नाले गिजासम्बन्धी समस्या निदान गर्छ ।
– आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक दुई मात्राले नै बमन रोक्न मद्दत हुन्छ ।
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।
– बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा झाडापखाला निको हुन्छ ।
– बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने
गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठिक हुन्छ ।
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान बेलुका खाने गरेमा दमको रोग निमन हुँदै जान्छ ।
– सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका एक–एक चम्चा हालेर काँडा पकाएर खाने गरेमा पेटसम्बन्धी सम्पूर्ण रोग ठीक हुन्छ ।
– अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बेलको धुलोको काँडा खाने गरेमा पित्तको रोग ठिक हुन्छ ।
– बेलको सेवनले खाना पचाउन मद्दत गर्नुका साथै शरीरलाई शक्ति प्रदान गर्छ ।
– यसले बच्चाको पेटमा भएका किरा नष्ट पार्नुका साथै बच्चाको हड्डी बलियो बनाउनमा मद्दत गर्छ ।
– बेलको नियमित सेवनले आवाज सुरिलो बनाउन मद्दत गर्नुका साथै मुटुसम्बन्धी रोग निदान गर्छ ।
– पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि मानिन्छ ।
– मिर्गौलाका लागि पनि बेल उत्तम फल हो ।
– सर्पले टोकेको व्यक्तिलाई पनि बेल फलले फाइदा पुर्‍याउँछ ।
– बेलले मलेरिया लागेको व्यक्तिलाई प्राकृतिक रुपमा फाइदा पुर्‍याउँछ ।
– यौन रोग तथा नपुंसकताका बिरामीहरुलाई पनि बेल निकै लाभदायी मानिन्छ । यसले यस्ता रोग निवारणमा सहयोग पुर्‍याउँछ ।

धार्मिक कार्यमा प्रयोग

बेलको महत्व हिन्दु धर्म अन्तर्गत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको पाइन्छ । शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ । शिवरात्रिको अवसरमा समेत प्रत्येक शिवालयमा प्रशस्त बेलपत्र चढाइन्छ ।

माछामासु, मदिरा तथा अन्य तामसिक भोजनबाट टाढा रहेर हिन्दूहरुले भगवान शिवको पूजा आराधना गर्दा बेलको प्रयोग गरिन्छ । बेलपत्र विना भगवान शिवको पूजालाई अपूरो मान्ने चलन छ ।

भनिन्छ महादेवलाई एक मात्र बेलपत्र अर्पण गर्दा पनि उनी खुसी हुन्छन त्यसैले उनलाई आशुतोष भन्ने गरिएको छ । बेलपत्रको रुखलाई शिवद्रुम पनि भन्ने गरिन्छ । जो सम्पन्नताको प्रतीक, अति पवित्र तथा समृद्धिको वाहक मानिन्छ ।
बेलपत्रलाई भगवान शंकरको आहारा मान्ने गरिन्छ । त्यसैले यसलाई अति श्रद्धाका साथ शिवलिंग तथा महादेवको मूर्तिमा चढाउने गरिन्छ ।

हिन्दू धर्मावलम्बीका विश्वास अनुसार बेलपत्रमा हुने त्रिनेत्रस्वरुपको तीनै पात शिवको तीन नेत्रका लागि विशेष प्रिय हुन्छ ।
भगवान शंकरका लागि बेलपत्र अति प्रिय प्रसाद मानिन्छ । भाङ, धतुरो र बेलपत्रबाट प्रसन्न हुने भगवान शिव नै हुन भन्ने मान्यता आम हिन्दूमा छ । अझ शिवरात्रिको अवसरमा शिवलाई बेलपत्र चढाएर विशेषरुपमा पूजा गर्ने चलन छ । तीन पत्र भएको बेलपत्र सहजै उपलब्ध हुने गर्छ तर केही बेलपत्र यस्ता पनि हुन्छन जो दुर्लभ त हुन्छन नै त्यसमाथि चमत्कारिक पनि हुने गर्छन ।

श्रीमददेवी भागवतमा प्रष्टसंग यो पनि वर्णन गरिएको छ कि जो भक्त भगवतीलाई बेलपत्र अर्पण गर्छ उसलाई कुनै पनि परिस्थितिमा दुःख र कष्टको सामना गर्नु पर्दैन । उसलाई हर क्षेत्रबाट सिद्धी प्राप्त हुने र कैयौ जन्मको पापबाट मुक्ति मिल्नेछ । र , ती भक्त भगवान आशुतोषको प्रियमा पर्ने गर्दछन् । उनको सबै कामना पूरा हुने र अन्तमा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।

बेलपत्रको उत्पत्तिबारे किंवदन्ति

बेलवृक्षको उत्पतिको बारेमा ‘स्कन्दपुराण’ उल्लेख गरिएको छ कि एक समय माता पार्वतीले आफ्नो निधारको पसिना पुछेर फ्याकिन् ।

जुन पसिना केही छिटा मन्दार पर्वतमा पर्न पुग्यो, त्यही पसिनाबाट मन्दार पर्वतमा बेलवृक्ष उत्पन्न हुन पुग्यो । यही वृक्षको जरामा गिरिजा, माथि गएको भागमा महेश्वरी, हाँगाविंगामा महेश्वरी, पातहरुमा पार्वती र फूलमा गौरीको वास भएको विश्वास गरिन्छ ।

बेलपत्र तोड्ने मन्त्र

बेलपत्र विशेषत ध्यान तथा सोंच विचार पुर्‍याएर तोड्नु पर्छ । यस्को पात चुँडदा बोलिने मन्त्र यसप्रकार छ-
अमृतोद्भव श्रीवृक्ष महादेवप्रियस्सदा ।
गृह्यामि तव पत्राणि शिवपूजार्थमादरात् ।।
अर्थात अमृतबाट उत्पन्न सौन्द्धर्य एवं ऐश्वर्यपूर्ण वृक्ष महादेवका लागि सदैव प्रिय छन् , भगवान शिवको पूजाको लागि वृक्षमा तिम्रो पत्र तोड्दै छु ।

यस्तै विशेष दिन या पर्वको अवसर पारेर बेलपत्र चुँडन मनाही गरिएको छ । शास्त्रमा उल्लेख भए अनुसार सोमबार,चतुर्थी,अष्टमी,नवमी, चतुर्दशी र अमावस्याको तिथिमा एवं संक्रान्तिको दिन बेलपत्र चुँड्नु हुँदैन ।

यस्तै एक पटक अर्पण गरिएको बेलपत्र धोएर सफा गरेपछि पुनः प्रयोग गर्न सकिने पनि पनि बिल्वाष्टकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ८ : ३९ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा