आज गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ « Khabarhub

आज गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सोमबार(आज) को दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् ।

यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यस्तै श्रद्धा भाव राख्दै  निम्न पाँच काम गर्नाले पनि मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

१. सोमवार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

२.दापत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमवारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

३.त्यस्तै सोमबारको विहान बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

४. सोमवारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

५. ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ३५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका