विदेश जाँदैहुनुहुन्छ ? यी कागजात नहुँदा अध्यागमनले फर्काउँछ (सूची सहित) « Khabarhub

विदेश जाँदैहुनुहुन्छ ? यी कागजात नहुँदा अध्यागमनले फर्काउँछ (सूची सहित)


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक यात्रा अनुमतिका लागि गृहमन्त्रालयले हालै केही नियम अद्यावधिक गरेको छ ।

अध्यागमन विभागका अनुसार गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि पेश गर्नुपर्ने कागजातको अद्यावधिक सूची तय गरिएको हो ।

जसअनुसार विदेश जाने यात्रुका लागि अध्यागमनमा तोकिएका कागजात पूरा भए मात्र उसले यात्राका लागि अनुमति पाउँछ । केही कागजात पूरा नभए अध्यागमनले उसलाई विदेश जान अनुमति दिँदैन ।

ऐन २०४९ को नियमावली २०५१, अध्यागमन कार्यविधि २०६५ र अध्यागमन अधिकृतहरुका लागि हातेपुस्तिका २०७५ को व्यवस्थाअनुसार नेपाली नागरिकहरुलाई विभिन्न मुलुक प्रस्थान अनुमति दिने गरी आवश्यक व्यवस्था हुँदै आएकोमा सो कानूनी व्यवस्था,व्याख्या र आधारलाई थप वस्तुनिष्ठ बनाउने गरी नियम अद्यावधिक गरिएको विभागको भनाइ छ ।

पर्यटकीय प्रकृतिका भिसामा विदेश जानका लागि गृह मन्त्रालयले विभिन्न कागजात अध्यागमन अधिकारीलाई देखाउनु पर्ने व्यवस्था गरेको छ । जसअनुसार अमेरिका, क्यानडा, युरोपियन मुलुक, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ देखाउनु पर्नेछ । यस्तै गन्तब्य मुलुकको ब्ल्याक लिस्टको सूचीमा यात्रारत व्यक्ति छ या छैन पनि हेरिनेछ ।

यस्तै चीन तथा थाइल्याण्ड, खाडी राष्ट्र, अफ्रिकाबाहेकको अनअराइभल टिकट पाइने मुलुकलगायतका देशहरुमा पनि पर्यटक भिसामा जानेहरुका लागि सोही व्यहोराको कागजात देखाउनुपर्छ ।

यस्तै विद्यार्थी भिसामा विदेश जानेहरुका लागि पासपोर्ट, भिसा, गन्तव्य मुलुकसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्व विद्यालयको सहमतिपत्र, बास खर्चको व्यवस्थापन खुल्न कागजात देखाउनुपर्छ ।

यसैगरी तालिम तथा कार्यक्रममा विदेश जानेहको हकमा पासपोर्ट भिसा, गन्तब्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणा पत्र र आयोजकको परिचयपत्र देखाउनु पर्नेछ ।

यस्तै कामदार भिसामा जानेहरुको हकमा भने श्रम स्वीकृतिको म्याद कम्तिमा ९० दिन भएको हुनुपर्नेछ तर युरोपियन देशहरुको भिसा भएकाहरुको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन ।

अध्यागमनमा देखाउनुपर्ने कागजातको सूची 

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ११ : २० बजे

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

गोरखा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा

काठमाडौं- पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौं– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । 

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन