लसुन खेतीबारे महत्वपूर्ण जानकारी, कुन महिनामा कसरी रोप्ने ? | Khabarhub Khabarhub

लसुन खेतीबारे महत्वपूर्ण जानकारी, कुन महिनामा कसरी रोप्ने ?


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसुन तराईदेखि हिमालसम्म लगाइने एक नगदे बाली हो । यसको पात, डाँठ र गानो विभिन्न परिकार बनाउनप्रयोग गरिन्छ । यसले खानामा स्वाद बढाउनुका साथै स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ ।

लसुन खेतीको परिचय

लसुनको पोटी वा केस्रा अपच, अजीर्ण, ग्यास्ट्रिक तथा उच्च रक्तचाप आदिमा औषधीको रुपमा प्रयोग गरिन्छ ।
– लसुन बालीको लागि मलिलो, बलौटे दोमट माटोका साथै पानीको राम्रो निकासभएको तथा पारीलो एकनासले घाम लाग्ने जग्गा उपयुक्त हुन्छ ।
– लसुन हालसम्म चाइनिज र स्थानीय जात गरी दुई प्रमुख जातहरुमा उपलब्ध छन् । चाइनिज लसुनको गानो ठूलो हुनुका साथै तुलनात्मक रुपमा उत्पादन पनि बढीहुन्छ तर यो जातको लसुन औषधिको दृष्टिकोणले कम महत्वपूर्ण मानिन्छ ।
– स्थानीय जातको लसुनको केस्रा सानो हुने हुँदा बढी स्वादिलो रपौष्टिकतत्वहरु पनि पर्याप्त मात्रामा पाइन्छ । यसलाई औषधिको दृष्टिकोणलेसमेत बढी प्रयोग गर्ने गरिन्छ ।

लसुनमा कार्बोहाइड्रेट, प्रोटिन, फसफोरस, एसकरबिक एसिड जस्ता पौष्टिकताको दृष्टिले पनि अतिनै राम्रो मानिन्छ । यसको खेती फराकिलो हावापानी अर्थात तराई देखि उच्च पहाडसम्म गर्न सकिन्छ । गानो बन्नका लागि लामो दिन र उच्च तापक्रम चाहिन्छ ।

लसुन एक फराकिलो हावापानी अर्थात तराई देखि उच्च पहाड सम्म खेती गर्न सकिने वाली हो । गानो बन्नका लागि लामो दिन र उच्च तापक्रम चाहिन्छ । लसुनले पानी जमेको र सुख्खा दुबै सहन सक्दैन । साधारण चिस्यान गानो तयार नहुन्जेल चाहिन्छ ।

कसरी रोप्ने ?
लसुन रोप्न बीउ (केस्रा) ५००–६०० के.जी. प्रति हेक्टर ९२५ देखि ३० के.जी. प्रति रोपनी ० आवश्यक पर्छ। लसुन १०–१५ से।मी। को दुरीमा रोप्नु पर्छ । लसुन उच्च पहाडमा साउन(भदौंमा रोप्न सकिन्छ । मध्य पहाडमा कार्तिक महिना भर रोप्न सकिन्छ र तराईमा असोज १५ देखि कार्तिक १५ सम्म रोप्न सकिन्छ ।
लसुन खेतीको लागी ५.६ के.जी. युरिया, ८।७ के.जी., डी.ए.पी. र ६.७५ के.जी. म्युरेट अफ पोटास प्रति रोपनी जग्गा तयारीको अन्तिम वेला प्रयोग गरिन्छ भने ४ के.जी. युरिया २र२ के.जी.का दरले रोपेको ३० दिन र ६० दिन पछि प्रयोग गर्नुपर्दछ ।

लसुनका लागी पानी नजम्ने खुकुलो माटो उत्तम हुन्छ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको ६–७ पि।एच। भएको माटो राम्रो हुन्छ । लसुनको गानोको सुरुवात, वृद्धि विकासका लागी प्रकाश अवधि १२ घण्टा वा सो भन्दा बढी हुन आवश्यक छ।

लसुनको गानो बन्नका लागि २५–३० डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । १०–१५ डिग्री सेल्सियस  बृद्धि हुन्छ , त्यस्तै तापक्रम २० डिग्री सेल्सियस भन्दा माथि लागेपछि गानोको विकास शुरु हुन्छ ।

लसुन खने पछि खेतमै गानालाई बोटले छोपी सुकाई सम्पूर्ण बोट सुकेपछि छाया र हावामा राम्ररी सुकाई थन्काउनाले भण्डारणमा राम्रो हुन्छ ।

लसुनको औषधीय गुण

लसुन एक औषधीय वाली हो । जैविक खेती प्रणालीमा खेतीको बीचबीचमा लसुन लगाउनाले किराहरु भाग्छन भनिन्छ ।

लसुनका १–३ केस्रा खाली पेटमा पानी सँग खाँदा जोर्नीहरु दुख्ने रोगमा फाइदा पुग्दछ । यसले रगतमा बढेको कालेस्ट्रोल ट्राइग्लिसराइडलाई पनि समान्य गराउँदछ ।

५० ग्राम जति तोरीको तेलमा ४–५ लसुनको केस्रा फुराएर डढाएर एउटा भाँडोमा राखी आवश्यकता अनुसार ढाड, कम्मर, वा अन्य दुखेको भागमा प्रयोग गर्दा विशेष लाभ हुन्छ।

लसुन पौष्टिकताको हकमा सबै गानो बाली मध्ये लसुन बढी पौष्टिक छ । यो कार्बोहाइड्रेट, प्रोटिन, फसफोरस, एसकरबिक एसिडको राम्रो श्रोत हो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ५२ बजे

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवारलाई मुआब्जा 

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित