रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ « Khabarhub

रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हैदराबाद हाउसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

उनले रूस–युक्रेन युद्धबारे भारतको सन्देश दिका छन् । मोदीले भने, ‘भारत निष्पक्ष छैन। भारत शान्तिको पक्षमा छ।’

मोदीले पुटिनसँग युद्ध तत्काल अन्त्य हुनुपर्ने बताउँदै यसको समाधान केवल संवाद र कूटनीतिक प्रयासबाट सम्भव हुने बताए। उनले भने, ‘दुनियालाई फेरि शान्तिको जरुरत छ। भारत शान्तिका सबै प्रयासको समर्थन गर्छ।’

पुटिनले पनि रूस शान्तिपूर्ण समाधानका लागि काम गरिरहेको जिकिर गरे। दुवै नेताबीच हैदराबाद हाउसमा भएको बैठकपछि केही बेरमै २३औँ भारत–रूस शिखर सम्मेलन सुरु हुनेछ। दुवै देशबीच २५ भन्दा धेरै समझौतामा हस्ताक्षर हुने अपेक्षा छ।

यसअघि आज विहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा पुटिनलाई २१ तोपको सलामी र गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यहाँबाट उनी राजघाट पुगे र महात्मा गान्धीलाई श्रद्धाञ्जलि अर्पण गरे।

मोदीले पुटिनको उच्च प्रशंसा गरे। उनले भने, ‘म पुटिनलाई २५ वर्षदेखि चिन्छु। भारत–रूसको मित्रता यस कुराको उदाहरण हो कि दूरदर्शी नेतृत्वले सम्बन्धलाई कसरी बलियो बनाउन सक्छ।’

मोदीले पुटिनको नेतृत्व र दृष्टिकोणले दुवै देशबीचको भरोसा र सहकार्य अझ मजबुत बनेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार