तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलः मुख्यमन्त्री राई « Khabarhub

तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलः मुख्यमन्त्री राई


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अगामी तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पुर्‍याउने बताएका छन् ।

सदरमुकामसँग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्डअन्तर्गतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रङ्गशालाको सोमबार शिलान्यास गर्दै उनले आगामी तीन वर्षभित्र सडक र पुलको पहुँचमा सबै पुग्ने बताएका हुन्।

मुख्यमन्त्री राईले जिल्ला जोड्ने अरुण, दूधकोशी, सुनकोशी नदीलगायत सानाठूला सबै पुल र सडकका आयोजनाका ठेक्का प्रक्रिया अगाडि बढाइसकेको उल्लेख गर्दै जिल्लाको विकास र समृद्धिका निम्ति गुरुयोजना अगाडि बढाइसकेको बताए ।

उनले भने , “प्रदेश सरकारको एउटै मात्र चाहना विकास हो, यसलाई सङ्घीय प्रणालीअन्तर्गत तीन तहको ढाँचाबाट पूरा गर्न सकिन्छ ।”

प्रदेश र सङ्घीय सरकारमार्फत सञ्चालन हुने यस्ता आयोजनाको निगरानीमा जोड दिन उनले स्थानीय सरकारलाई आग्रह पनि गरे ।

पिखुवा खोलाको मोटरेबल पुल करीब रु छ करोड र रङ्गशाला रु १४ करोड पाँच लाख २६ लागतमा बन्ने जनाइएको छ । पूर्वाधार कार्यालय, भोजपुरका प्रमुख राजनराज रेड्डीले पिखुवा खोलाको पुल २०७८ साल र रङ्गशाला २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १० : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै