तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलः मुख्यमन्त्री राई « Khabarhub

तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलः मुख्यमन्त्री राई


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अगामी तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पुर्‍याउने बताएका छन् ।

सदरमुकामसँग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्डअन्तर्गतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रङ्गशालाको सोमबार शिलान्यास गर्दै उनले आगामी तीन वर्षभित्र सडक र पुलको पहुँचमा सबै पुग्ने बताएका हुन्।

मुख्यमन्त्री राईले जिल्ला जोड्ने अरुण, दूधकोशी, सुनकोशी नदीलगायत सानाठूला सबै पुल र सडकका आयोजनाका ठेक्का प्रक्रिया अगाडि बढाइसकेको उल्लेख गर्दै जिल्लाको विकास र समृद्धिका निम्ति गुरुयोजना अगाडि बढाइसकेको बताए ।

उनले भने , “प्रदेश सरकारको एउटै मात्र चाहना विकास हो, यसलाई सङ्घीय प्रणालीअन्तर्गत तीन तहको ढाँचाबाट पूरा गर्न सकिन्छ ।”

प्रदेश र सङ्घीय सरकारमार्फत सञ्चालन हुने यस्ता आयोजनाको निगरानीमा जोड दिन उनले स्थानीय सरकारलाई आग्रह पनि गरे ।

पिखुवा खोलाको मोटरेबल पुल करीब रु छ करोड र रङ्गशाला रु १४ करोड पाँच लाख २६ लागतमा बन्ने जनाइएको छ । पूर्वाधार कार्यालय, भोजपुरका प्रमुख राजनराज रेड्डीले पिखुवा खोलाको पुल २०७८ साल र रङ्गशाला २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १० : ०२ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट