कँडेल मृत्यु प्रकरणः ढकाललाई पाँच दिन हिरासतमा राख्न अनुमति « Khabarhub

कँडेल मृत्यु प्रकरणः ढकाललाई पाँच दिन हिरासतमा राख्न अनुमति


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-   जिल्ला अदालत चितवनले नेपाली सेनाका जवान राम कँडेल मृत्यु प्रकरण पक्राउ परेका प्रहरी जवान ठाकुर ढकालमाथि थप अनुसन्धान गर्न पाँच दिनका लागि म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो ।
मृतक राम कँडेलका परिवारको किटानी जाहेरीका आधारमा ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले अनुसन्धानलाई असहज हुने भन्दै मुद्दा प्रक्रिया टुङ्गो नलागेसम्म निलम्बन गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट पाँच दिनका लागि समय थप गरिएको हो । ढकालविरुद्ध मृतक कँडेलका परिवारले हत्याको अभियोगमा आइतबार उजुरी दर्ता गराएको थियो ।

ईच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हामफालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवान कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो ।

ईच्छकामना–५ निवासी २८ वर्षीय फिस्लिङमा रहेको अस्थायी प्रहरीचौकीमा राखिएका समयमा आइतबार बिहान बरण्डाबाट हामफालेर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कँडेल नेपालीको बर्दबहादुर गणमा कार्यरत जवान हुन । उनको हत्या भएको भन्दै परिवार स्थानीयवासीले हिजो र आज पृथ्वी राजमार्ग बन्द गराएका थिए । घटना शङ्कास्पद भएपछि उनको शव परीक्षणका लागि काठमाडौंँ लगिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ८ : ३४ बजे

जेन-जी आन्दोलनको विध्वंस केपी ओलीकै कारण भएको हो : अरबिन्द्र सिंह  

काठमाडौं– नेकपा (एमाले)का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा

रुग्ण ठेक्का तोड्ने प्रयास : जड एकातिर, जोड अर्कातिर

रुग्ण आयोजना भन्नाले निर्माण क्षेत्रका ती ठेक्का वा परियोजनालाई जनाउँछ,

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ ।