चिसोमा ‘हार्टअट्याक’को जोखिम किन हुन्छ ? « Khabarhub

चिसोमा ‘हार्टअट्याक’को जोखिम किन हुन्छ ?


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम शुरु भइसकेको छ । जाडो मौसममा विभिन्न सरुवा रोगको प्रकोप कम हुने चिकित्सकहरु बताउँछन् ।

बिरामीहरुमा रोगको संक्रमण कम हुने भएपनि जाडोको समयमा हार्ट अट्याकले भने मानिसहरुलाई धेरै तसाउँछ । मुटु सम्बन्धी रोग भएका मानिसलाई जोडो मौसममा हार्टअट्याकको जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन् ।

विशेषगरी जाडोको समयमा शरीरले न्यायोपन खो्ज्छ । चिसो मौसममा मानिसहरु निस्क्र  हुन्छन् । जसले गर्दा जाडो मौसमा हार्टअट्याकको जोखिम उच्च हुन्छ ।

मुटुमा संक्रमण हुन नदिन खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडोका कारण अन्य रोगको संक्रमण कम हुने भएपनि मुटुमा भने चिसोले संक्रमण बढ्न सक्छ । त्यसैले पनि चिसोको समयमा अस्पतालमा दम तथा मुटुरोगका बिरामीको चाप बढ्ने गर्छ ।

चिसोमा हार्टअट्याकको जोखिम किन हुन्छ ?

 निश्क्रिय जीवनशैली

चिसोको समयमा मानिसहरु सकेसम्म चिसो वातावरणमा निस्किन चाहँदैनन् । मानिसहरु आफूले नियमित गर्ने शारीरिक व्यायाम तथा योगा समेत गर्दैनन् । जसले गर्दा हार्टअट्याकको जोखिम उच्च हुन्छ ।

 शरीरमा कोलेस्टेरोलको मात्रा बढी हुनु

शरीरमा कोलेस्टोरलको मात्रा बढी भएमा हार्टअट्याकको जोखिम उच्च हुन्छ ।

उच्च रक्तचाप

हार्टअट्याकको समस्या बढ्नको मुख्य कारण उच्च रक्तचाप पनि हो । रक्तचाप नियन्त्रण गरेर हार्टअट्याकको जोखिमलाई कम गर्नुपर्छ ।

 सुर्तिजन्य पदार्थ तथा धुम्रपान

सुर्तिजन्य पदार्थ तथा धुम्रपानले मुटुरोगलाई बढवा दिन्छ । सुर्तिजन्य पदार्थको प्रयोग गर्दा जोडोमा हार्ट ट्याकको जोखिम झनै बढ्छ ।

मोटोपना

मोटोपना भएका मानिसमा हार्टअट्याकको जोखिम उच्च हुन्छ । त्यसैले हार्टअट्याकबाट बच्न मोटोपना नियन्त्रण गर्नुपर्छ ।

 मानसिक तनाव

मानसिक तनावमा रहने व्यक्तिलाई हार्टअट्याकको जोखिम उच्च हुन्छ । त्यसैले समस्याहरुको सहि तरिकाले व्यवस्थापन गरी मानसिक तनावमुक्त हुनुपर्छ ।

अस्वस्थ्यकर खाना

मुटुरोगलाई बढवा दिने पहिलो कारण नै अस्वास्थकर खानपना हो । अस्वास्थकर खानपानका कारण मुटुरोगका बिरामी बढ्दै गएका छन् । मुटुलाई स्वस्थ राख्न स्वास्थकर खाना खानुपर्छ ।

अत्याधिक मदिरा सेवन

अत्याधिक मदिरा सेवन गर्दा हार्टअट्याकको जोखिम उच्च हुने भएकाले मदिरा सेवन नगर्नु उपयुक्त हुन्छ ।

हार्ट अट्याकबाट बच्न के गर्ने ?

–छाती दुख्ने समस्या भएमा समयमा नै स्वास्थ्य परीक्षण गराउने,

– उच्च रक्तचाप, मधुमेह र माटोपना नियन्त्रण गर्ने,

– दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने,

– तनावमुक्त रहने,

–स्वास्थकर खाना खाने ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ६ : ०४ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा