मुक्तिनाथ विकास बैंकले १८.५३ प्रतिशत लाभांश वितरण गर्ने « Khabarhub

मुक्तिनाथ विकास बैंकले १८.५३ प्रतिशत लाभांश वितरण गर्ने


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– मुक्तिनाथ विकास बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

साधारण सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांश र १७.६० (बोनस सेयर सहित) १८.५३ प्रतिशत लाभांश वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभामा समितिका सदस्य नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी दिएका थिए ।  बैंकका पूर्व अध्यक्षहरु खगेन्द्रराज रेग्मी र मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य दिएका थिए ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले टिप्पणी गरेका थिए ।

वार्षिक साधारण सभामा बैंकको नयाँ सञ्चालक समिति गठन भएको छ । सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन भएको हो ।

नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रको चयन भएको बैंकका प्रमुख सुचना अधिकृत तिल बहादुर गुरुङ्गले बताए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ५ : ४९ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी

किमाथांका–  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा मतदान जारी छ ।

मिना खरेलले गरिन् मतदान

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ मिना खरेलले आज चितवन क्षेत्र–२

मन्त्री श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान

काठमाडौं– नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया

एजेन्सी– अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकस्मिक योजनाको रूपमा मध्य पूर्वमा

प्रतिनिधिसभा सदस्य निर्वाचन : मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८