तीव्रगतिका कारण नरपानी दुर्घटना : छानबिन समिति « Khabarhub

तीव्रगतिका कारण नरपानी दुर्घटना : छानबिन समिति


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

यही मङ्सिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु२ख २१४८ नंको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।

दुर्घटनापश्चात जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रजिअ विष्णुराज बेल्बासे संयोजक रहेको नौ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिलाई १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने गरी कार्यादेश थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का, गाडीको मेकानिकल जाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाइलाई समावेश गरिएको छ ।

त्यस्तै घुम्तीका सर्वसाधारण र पसलेसँगको कुराकानी, घटनामा तत्काल उद्धारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी इन्चार्जको बयान, उद्धारकर्ताको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेको कागज, घटनास्थलको प्रकृति मुचुल्का, रेखाचित्रण र फोटोग्राफी तथा घाइतेको बयान कागजले समेत तीव्रगतिका कारण बस दुर्घटना भएको देखाएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : १४ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला