मदिराको ‘ह्याँङओभर’ हटाउने १३ उपाय | Khabarhub Khabarhub

मदिराको ‘ह्याँङओभर’ हटाउने १३ उपाय


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मदिरा पिउनु सामान्य जस्तै बनेको छ । युवापुस्ता मात्र होइन, वृद्ध उमेरका ब्यक्ति तथा किशोरकिशोरी पनि मदिरा पिउने गर्दछन् ।

मदिरा सेवनले स्वास्थ्यमा असर पार्छ भन्ने जान्दाजान्दै पनि कतिपय मानिस यसको लतबाट टाढा रहन सक्दैनन् । बाहिरी माहोल, साथीसंगतका कारण मदिरा पिउनेहरु पनि धेरै हुन्छन् ।

अत्याधिक मात्रामा मदिराको सेवन गरेमा ‘ह्याङ’ हुन्छ । जसका कारण उठेर हिड्न खोज्दा पनि ठोक्किदै हिड्नु पर्ने, बोली लरबरिने, तथा अस्पष्ट देखिने हुन्छ जसलाई ह्याँङओभर भनिन्छ  ।

मदिरा सेवनपछि हुने ह्याङओभर कम गर्ने केही उपायहरु यस्ता छन–

१. ह्याङंओभरमा सकेसम्म दबाबमूलक वान्ता हुनबाट बच्नुपर्छ । यदि मदिरा पिएको १० मिनेट भित्रै तपाईलाई बान्ता भएन भने वान्ता गर्न बल नगर्नुहोला ।

२. तर यदि वान्ता आउन खोजेको छ भने त्यसलाई रोक्नुहुदैन । किनकी शरीर स्वयं मदिरा बाहिर निकाल्न चाहान्छ । यसलाई रोकेमा उल्टो हानी हुने गर्दछ ।

३. यदि ह्याङओभरका कारण तपाई लड्नु भएको छ भने कसैको सहायता वा आफै चिसो हावा आउने ठाउँमा जाने प्रयास गर्नुहोस्, त्यसपछि लगातार नुन पानी पिउनुहोस् ।

४. मदिरा पिउँदा–पिउँदै ह्याङंओभर शुरु भयो भने तुरुन्तै थप मदिरा पिउन बन्द गर्नुहोस् । र तत्काल कागती चिया पिउनुहोस् ।

५. कागती चिया, कालो चिया, कागती पानी वा कागतीलाई सिधै खाएमा ह्याङओभर कम हुन जान्छ ।

६. ह्याङओभर उतार्ने सबैभन्दा सरल उपाय भनेको प्रसस्त निदाउनु हो, यसले तपाईको शरीरलाई आराम दिई शरीरमा भएको नशा बिस्तारै घट्दै जान्छ ।

७. मदिरा पिउँदा शरीरमा हुने घोलीय पर्दाथमा नशा हुने भएकाले अत्यधिक मात्रामा पानीको सेवन गरेर पिसाबको माध्यमबाट त्यसलाई निकाल्न सके पनि ह्याङओभर कम हुन्छ ।

८. ह्याङओभर देखिन थालेपछि स्वच्छ हावामा केहिबेर बसेर तातो पानीले नुहाउनुपर्छ । यदि ह्याङंओभर अत्यधिक मात्रामा छ भने चिसो पानिले टाउको धुनुपर्छ ।

९. तातोपानीले नुहाउँदा मदिराका कारण शरीरमा भित्रिएका टक्सिनलाई पखालेर निकाल्न मद्दत गर्छ । साथै शरीरमा भएको ह्याङओभर विस्तारै कम हुँदै जान्छ ।

१०. अदुवाको प्रयोगले पनि मदिराको नशा उतार्ने भएकाले केही टुक्रा अदुवालाई मुखमा राखेर चपाई मनतातो पानीले निलेमा पनि ह्याङंओभर कम गर्न सकिन्छ ।

११. काचो नरीवलको पानी पिउनाले समेत मदिराको ह्याङओभर कम हुन जान्छ । साथै अमिला फलफूलले समेत मदिराको नशा उतार्ने गर्दछ । यो सबैभन्दा उपयोगी उपाय मानिन्छ ।

१२. पानीमा नुन र सख्खर हालि घोल बनाएर पिएमा मदिराको नशा कम हुन्छ साथै शरीरमा भएको पानिको कमी पनि पूरा हुने गर्दछ ।

१३. टमाटरको रस, सुन्तलाको जुस, अदुवा हालेको कालो चिया तथा धनिया सख्खरको मिश्रण खाएमा पनि मदिराको ह्याङओभर कम हुने गर्दछ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  २ : १४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर