पौष महिनामा भगवान सूर्यको उपासना गर्दा मिल्नेछ यस्तो लाभ | Khabarhub Khabarhub

पौष महिनामा भगवान सूर्यको उपासना गर्दा मिल्नेछ यस्तो लाभ


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पौष महिनालाई सूर्य देवको पूजाका लागी विशेष मानिन्छ । धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यमा समर्पित रहन्छ ।

पौष महिनामा सूर्यको पूजा उपासना गर्नुपर्ने शास्त्रहरुमा उल्लेख गरिएको छ । सूर्य भगवानको पूजा गर्नाले के फल मिल्छ ?

धन फिर्ता हुने

पौष महिनामा रोकिएको धन प्राप्त गर्न सूर्य उदय हुनु अघि उठेर स्नान गरी फिक्का रातो रंगको कपडा पहिरीएर १०८ पटक सूर्य मन्त्रको जप गर्नुपर्छ । यसरी मन्त्र जप गर्दा रुद्राक्षको मालामा गर्नुपर्छ ।

त्यसपछि तामाको अम्खरामा पानि भरेर २७ पटक ॐ मन्त्रको जप गरेपछि उक्त पानीलाई घरका सबैभागमा छर्कनु पर्दछ । २७ दिनसम्म यसो गर्नाले तपाईको रोकिएको धन फिर्ता हुनेछ ।

सूर्य मंत्र – ॐ घृणि सूर्याय नमः

जागिर पाइने विश्वास

बिहान छिटो उठेर स्नान गरी सूर्य देवलाई तामाको अम्खरामा भरिएको पानीमा सख्खर मिसाएर रातो रंगको कपडा पहिरीएर सूर्यलाई अर्घ दिई, अर्घ दिइएको स्थानलाई ३ पटक परिक्रमा गर्ने ।

साथै आइतबारको दिन बिहानै तामाको भाडामा सख्खर र रातो कपडा राखी त्यसलाई दान गर्ने । सधैँ आफ्ना आमाबुवाको चरण स्पर्श गरी दैनिक जीवनमा भएका जानअन्जान गल्तिको माफी माग्नाले जीवनमा सफलता मिल्ने तथा सौभाग्यको अवसर मिल्नेछ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ४ : ०० बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा