आप्रवासी कामदारको कमाइ सदुपयोग गर्न सुझाव « Khabarhub

आप्रवासी कामदारको कमाइ सदुपयोग गर्न सुझाव


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बसाइँसराइँको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचनाको सिंहवालोकन सहितको आप्रावासीको अभिलेख सार्वजनिक भएको छ ।

नेपाल सरकारको समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले तयार गरेको अभिलेख अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसर पारेर आज सार्वजनिक गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अभिलेख सार्वजनिक गर्दै श्रम आप्रवासनलाई सुरक्षित बनाउन सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजागरीमा पठाउने नीति अख्तियार गरेको बताए ।

वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति विसङ्गति हटाउँदै म्यानपावर कम्पनीलाई नियमन गरिने उनको भनाइ थियो । अभिलेखले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सहयोग पुराएको मन्त्री यादवको बुझाई छ ।

मन्त्री रायले सरकारले आफ्ना संयन्त्रमार्फत विगतदेखि नै आप्रवासी कामदारका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी कार्यक्रममा दिएका थिए ।

वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई उत्पादशनील क्षेत्रमा लगाउने सरकारको प्राथमिकताभित्र राख्नुपर्ने नेपाल सरकार, नीति अनुसन्धान केन्द्रका अध्यक्ष गणेश गुरुङले बताए

सही तथ्याङ्क नहुँदा नीति निर्माण गर्न समस्या भइरहेको उल्लेख गर्दै उनले बसाइँसराइँ अभिलेखमा समोवश तथ्याङ्कका आधारमा नीति निर्माण तहमा वकालत गर्न सहयोग पुग्ने बताए ।

तथ्यमा आधरित अभिलेखलाई प्रयोग गरेर बसाइँसराइँसँग नीति निर्माण गर्न तथा कानून सुधार गर्न आइओएमको भूमिका रहेको उनको तर्क छ । यसैगरी, आइओएमका नेपाल प्रमुख लरिना ल्याण्डोले आप्रवासी रणनीतिलाई नयाँ ढङ्गबाट लैजान बसाइँसराइँ अभिलेख तयार गरिएको बताइन ।

आप्रवासनले स्रोत तथा गन्तव्य मुलुकलाई भलाइ गरोस् भन्ने नै आइओइमको चाहना रहेको उनले जानकारी दिइन । अभिलेखका सुझाव अभिलेखलाई चार भागमा विभाजन गरिएको छ । एक भागमा नेपालको बसाइँसराइँको प्रवृत्तिको बारेका तथ्याङ्क र विश्लेषण गरिएको छ ।

दोस्रो भागमा बसाइँसराइँले आर्थिक–सामाजिक तथा विकासका मुख्य सुचकमा परेको असरबारे विश्लेषण गरिएको छ । तेस्रो भागमा बसाइँसराइँलाई व्यवस्थित गर्ने शासकीय संरचना र चौथो भागमा नीति निर्माताका लागि सुझाव दिइएको छ ।

सान्दर्भिक तथ्याङ्क प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयापुर्याउन र बसाइँसराइँलाई नेपालको विकास योजनामा मूलप्रवाहीकरण गर्ने उद्देश्यले अभिलेख सार्वजनिक गरिएको आइओएमले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १ : ०१ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन