मिर्गौला प्रत्यारोपणका लागि दुई महिना लामो ‘क्यू’, डायलाइसिस पनि छैन सहज | Khabarhub Khabarhub

मिर्गौला प्रत्यारोपणका लागि दुई महिना लामो ‘क्यू’, डायलाइसिस पनि छैन सहज



काठमाडौं– सरकारले विभिन्न ८ प्रकारका रोगलाई कडा रोगको रुपमा परिभाषित गर्दै औषधि उपचारमा सहुलियत प्रदान गर्दै आएको छ ।

सरकारले विपन्न नागरिक औषधि उपचार कोष मार्फत ८ प्रकारका कडा रोगका बिरामीलाई सरकारी सहुलियत प्रदान गर्दै आएको हो ।

सरकारले मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियालाई कडा रोगको रुपमा परिभाषित गरेको छ । यी रोगका बिरामीलाई सहुलियत प्रदान गर्न सरकारले चालू आर्थिक वर्षमा मात्र २ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

विनियोजित रकमको २ अर्ब १८ करोड १५ लाख बिरामीको उपचारमा खर्च हुन्छ भने १ करोड ८५ लाख कोषको व्यवस्थापनमा खर्च हुने गरेको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमूख महेन्द्रध्वज अधिकारीले बताए ।

सरकारले औषधि उपचारमा सहुलियत प्रदान गरेसँगै अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको छ ।

सरकारले परिभाषित गरेको ८ प्रकारको कडा रोगमा मिर्गौला सम्बन्धि रोग पनि रहेको छ ।

नेपालमा ३० लाख व्यक्तिमा मिर्गौला सम्बन्धि रोग रहेको मिर्गौला रोग विशेषज्ञहरु बताउँछन् । ती मध्ये वार्षिक तीन हजार मिर्गौलाका बिरामीको मिर्गौला फेल हुन्छ ।

मिर्गौला रोगका बिरामीले प्रत्यारोपण, डायलाइसिस र औषधि उपचारमा २५ सय देखि ५ लाखसम्मको सहुलियत पाउँदै आएका छन् ।
सरकारले मिर्गौला विग्रिएर प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई ४ लाखसम्म सहुलियत दिँदै आएको छ ।

यस्तै अल्पकालिन रुपमा मिर्गौलाले काम नगरेको बिरामीलाई डायलाइसिस वापत एक लाखसम्म सहुलियत, दुबै मिर्गौला फेल भइ डायलाइसिस तथा प्रत्यारोपण गर्न नमिल्ने वा नपर्ने बिरामीलाई औषधि उपचार तथा प्रयोगशाला वापत एक लाख रुपैयाँ सहुलियत दिन्छ ।

यस्तै मिर्गौल प्रत्यारोपण प्रश्चात औषधि सेवनका लागि एक लाख सम्म सहुलिएत दिने गरेको छ । यस्तै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीको अंग दाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्कमा ५० हजार सहुलियत दिँदै आएको छ ।

यस्तै मिर्गौलाले काम गर्न छाडेर सातामा दुईपटक वा सोभन्दा बढी पटक डायलाइसिस गर्नुपर्ने भएमा त्यस्तो बिरामीले एक पटकको डायलाइसिसमा २५ सय रुपैयाँको सहुलियत पाउँछन् ।

संक्रमित भएका बिरामीहरुलाई डायलाइसिस उपचार सेवा वापत प्रति सेसन ४ हजार सहुलियत प्रदान गर्ने गरेको छ ।

हेमोडायलाइसिस सेवा लिनेको संख्या ४ हजार बढी

स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको तथ्यांकको अनुसार सरकारी सहुलियत लिने मिर्गौलाका बिरामी बढ्दै गएका छन् ।

महाशाखाले तयार पारेको ४ वर्षको तथ्यांकलाई हेर्दा हेमोडायलाइसिस गर्ने बिरामीको संख्या वर्षेनी बढेको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा १ हजार ९ सय ३९ ले हेमोडायलाइसिस सेवामा सहुलियत लिएका छन् ।

यस्तै २०७३/७४ मा २ हजार १ सय ९७ जनाले हेमोडायलाइसिस सेवा निःशुल्क पाएका छन् ।

माहाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा हेमोडायलाइसिस सेवा लिनेको संख्या झन्डै दोब्बर रहेको छ । ४ हजार १ सय १० जनाले हेमोडायलाइसिस सेवा लिएका छन् ।

यस्तै आर्थिक वर्ष २०७५/७६ मा ४ हजार १ सय ४० जनाले हेमोडायलाइसिस सेवा दिएको महाखाको तथ्यांकले देखाउँछ ।

४ वर्षमा ८ सय १९ जनाले लिए प्रत्यारोपण पछिको सहुलियत

सरकारले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई प्रत्यारोपण पछिको औषधि उपचार खर्चका लागि एक लाख र प्रत्यारोपण गर्नुअघि अंग दाता र ग्रहणकर्ताको स्वास्थ्य परीक्षणका लागि ५० हजारको सहुलियतको व्यवस्था गरेको छ ।

प्रत्यारोपण पछिको औषधि उपचार र प्रत्यारोपण अघिको स्वास्थ्य परीक्षणका लागि २०७३ सालदेखि हालसम्म ८ सय १९ जनाले सरकारी सुहलियत लिएका छन् ।

नेपालमा शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा २ सय ५५ जनाले एक लाखका दरले २ करोड ५५ लाख लिएका छन् । यस्तै आर्थिक वर्ष २०७४ र ७५ मा २ सय ७४ जनाले एक लाख ५० हजारका दरले ३ करोड ५८ लाख सहुलियत लिएका छन् ।

यस्तै आर्थिक वर्ष २०७५ र ७६ मा २ सय ६३ जनाले एक लाख ५० हजारका दरले ३ करोड ९४ लाख ५० हजार लिएको कोषको तथ्यांक छ । यस्तै साउन यता २७ जना मिर्गौल्या प्रत्यारोपण गरेका बिरामीले १ लाख ५० हजारका दरले ४० लाख ५० हजारको सहुलियत लिएका छन् ।

नेपालमा शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । तर अस्पतालहरुमा मिर्गौला प्रत्यारोपण गर्नुअघि अंग दाता र ग्रहण कर्ताको सम्पूर्ण स्वास्थ्य परीक्षण नहुने र प्रत्यारोपण पछि सबै औषधिहरु समेत अस्पतालको फार्मेसीमा नपाइने गरेको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमूख अधिकारीले बताए ।

मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालमा सम्पूर्ण स्वास्थ्य परीक्षण र औषधि नपाइने गुनासो आएकाले स्वास्थ्य परीक्षण र औषधि उपचारको १ लाख ५० हजार खर्च अंग प्रत्यारोपण पछि बिरामीलाई नै उपलब्ध गराउने गरेको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमूख अधिकारीले बताए ।

‘मिर्गौला प्रत्यारोपण गर्ने बिरामीले टिचिङ अस्पताल र शहिद धर्मझक्त मानव अंग प्रत्यारोपणमा मात्र सेवा पाउँछन्,’ सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमुख अधिकारील भने, ‘तर, त्यहाँ प्रत्यारोपण अघि अंग दिने र लिनेलाई स्वास्थ्य परीक्षण गर्न र प्रत्यारोपण पछि औषधि सेवनका लागि १ लाख५० हजार बिरामीले यही लिन आउँछन । हामीले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई दिने १ लाख ५० हजार यहीबाट दिने गरेका छौं ।’

सामाजिक स्वास्थ्य सुरक्षा शाखाबाट सञ्चालित विपन्न नागरिक औषधि उपचार कोषबाट अन्य रोगका बिरामीलाई भने अस्पतालले दिने सेवाको आधारमा अस्पताललाई सोधभर्ना उपलब्ध गराउने गरेको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमूख अधिकारीको भनाइ छ ।

समयमा सेवा पाइएन भन्दै गुनासो

बिरामीहरुलाई विपन्न नागरिक औषधि उपचार कोषमार्फत सरकारी सहुलियत दिन देशभरका ७२ वटा अस्पतालहरु सूचीकृत छन् ।

बिरामीले उपचार सेवामा सरकारले तोकेका तिनै अस्पतालहरुबाट निःशुल्क सेवा पाउँछन् । बिरामीले लिएको सेवाको विवरणका आधारमा कोषले अस्पताललाई उक्त सेवा वापतको रकम सोधभर्ना दिन्छ । सरकारले कडा रोगको रुपमा परिभाषित गरेको रोग लागेको पुष्टि भएपछि गाउँपालिका कार्यलयको सिफरिसमा बिरामीले अस्पतालबाट निशुल्क सेवा पाउने गरेका छन् । तर सरकारले दिएको सेवा समयमा नपाएको गुनासो लिएर बिरामीहरु टेकुकै सामाजिक स्वास्थ्य सुरक्षा शाखामा पुग्ने गर्छन् ।

‘सरकारले सहुलियत दिएकोले पनि होला, उपचारका लागि अस्पताल आउने बिरामीको चाप वर्षेनि बढ्दै गएको छ,’ सामाजिक स्वास्थ्य सुरक्षा शाखाकाका प्रमुख अधिकारीले भने, ‘धेरैजस्तो बिरामी डायलाइसिस गर्न पालो पाइएन भन्दै गुनासो गर्न यही आइपुग्छन् ।’

मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुको लगभग दुई महिनाको क्यू छ, डायलाइसिसको समस्या त देशभरी नै छ,’ डा सिग्देलले भने, ‘हाम्रो अस्पतालमा पहिलादेखि नै डायलाइसिस गरीरहेका बिरामीले पालो पाएपनि पनि नयाँ बिरामीले डायलाइसिस गर्न पाउने सम्भावना नै कम छ ।’

प्रत्यारोपणका लागि दुई महिनासम्म लाइन

त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा मिर्गौलाको डायलाइसिस र प्रत्यारोपण गर्ने बिरामीको चाप निकै रहेको छ ।

टिचिङमा मिर्गौला प्रत्यारोपणका लागि २ महिनासम्म पालो कुर्नुपर्ने टिचिङ अस्पतालका मिर्गौला रोग विशेषज्ञ महेश सिग्देलले बताए । यस्तै डायलाइसिस गर्नुपर्ने नयाँ बिरामीले पालो पाउनै मुस्किल रहेको डा सिग्देलले बताए ।

‘मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुको लगभग दुई महिनाको क्यू छ, डायलाइसिसको समस्या त देशभरी नै छ,’ डा सिग्देलले भने, ‘हाम्रो अस्पतालमा पहिलादेखि नै डायलाइसिस गरीरहेका बिरामीले पालो पाएपनि पनि नयाँ बिरामीले डायलाइसिस गर्न पाउने सम्भावना नै कम छ ।’

टिचिङ अस्पतालमा १० वटा डायलाइसिस मेसिनबाट दैनिक ४० देखि ५० सेसन डायलाइसिस हुने डा सिग्देलले बताए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ४ : २७ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने