हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख बढी आम्दानी « Khabarhub

हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख बढी आम्दानी


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती- बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारक पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। गत कात्तिक महिनामा मात्रै ३६ हजार ७४० जनाले स्मारकको भ्रमण गरेका छन्।

स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीका अनुसार पर्यटकको भ्रमण तथा विभिन्न गतिविधिबाट एक महिनामा २२ लाख २९ हजार ६५० रुपैयाँ आम्दानी भएको छ।

स्मारक क्षेत्रमा अवलोकन भ्रमणका अतिरिक्त वनभोज, चलचित्र छायाङ्कनलगायत गतिविधिका लागि शुल्क निर्धारण गरिएको छ। यसबाट प्राप्त आम्दानी कर्मचारी व्यवस्थापन, पूर्वाधार विकास तथा स्मारक क्षेत्रको संरक्षण र व्यवस्थापनमा खर्च गरिँदै आएको बिडारीले जानकारी दिए।

हिउँद सुरु भएसँगै स्मारक क्षेत्रमा वनभोजका लागि आउने पर्यटकको सङ्ख्या बढ्ने गरेको छ। वनभोजका लागि स्मारक परिसरमा नौवटा व्यवस्थित सेडसहित खुला स्थानको समेत व्यवस्था गरिएको छ।

सहिद स्मारकको मुख्य आकर्षण एउटै ढुङ्गामा कुँदिएका विभिन्न कालखण्डका सहिदका आकृति हुन्। उक्त स्मारकमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेटिएको छ। त्यस्तै, ज्ञात तथा अज्ञात सहिदको प्रतिनिधित्व गर्ने महिला र पुरुषका अमूर्त आकृतिसमेत निर्माण गरिएको छ।

स्मारक परिसरमा मनमोहन वाटिका, जातीय सङ्ग्रहालय, मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रिनहाउस तथा फोहोरासहितको पार्क रहेका छन्। यी संरचनाले स्मारकलाई ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप आकर्षक बनाएका छन्।

पर्यटकको सहजताका लागि सहिद स्मारक वर्षभरि नै खुला राख्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १२ : ४९ बजे

हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख बढी आम्दानी

बागमती- बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारक पर्यटकको आकर्षक गन्तव्यका रूपमा

रिलिजको पाँच दिनअघि रश्मिकाको ‘मैसा’ स्थगित, नयाँ मिति अभिनेत्रीलाई नै थाहा छैन !

काठमाडौं– दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको प्रतीक्षित एक्सन फिल्म ‘मैसा’

 पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

इलाम– इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान

इटहरीमा गुडिरहेको कारमा अचानक आगलागी, सवार पाँच जना सकुशल (तस्बिरहरू)

काठमाडौं– सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ

प्रधानमन्त्री शाहको प्रतिबद्धता- गान्धीको आदर्शबाट नेपाल–भारत सम्बन्ध बलियो बनाउनुपर्छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले महात्मा गान्धीका सत्य, अहिंसा र