दुई महारथी फुटबल क्लबको भीडन्त: रियल र बार्सामध्ये को बलियो ? « Khabarhub

दुई महारथी फुटबल क्लबको भीडन्त: रियल र बार्सामध्ये को बलियो ?


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व क्लव फुटबलमा सबैभन्दा चासो र चर्चामा हुने खेल हो ‘एल–क्लासिको’ ।

स्पेनिस महारथी क्लबहरु बार्सिलोना र रियल मड्रिडबीचको यो खेल करोडौं मानिसहरुले प्रत्यक्ष वा प्रत्यक्षप्रशारण मार्फत हर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाउने गरेका छन् ।

यो सिजनको पहिलो एल क्लालिको खेल आज राति हुँदैछ । नेपाली समय अनुसार खेल आज राति १२ बजेर ४५ मिनेटमा हुनेछ ।

स्पेनिस ला लिगा फुटबलको अंक तालिकामा बार्सिलोना र रियल मड्रिडको समान ३५–३५ अंक छ । तर, २ गोल अन्तरले बार्सिलोना रियलभन्दा एक स्थानमाथि अर्थात् ला लिगाको शीर्ष स्थानमा छ ।

बराबरी अंक भएका यी दुई टोलीबीचको प्रतिस्पर्धाले निकै ठूलो चर्चा पाएको छ । रियलले बार्सिलोनको घरेलु मैदान क्याम्प नाउ जीत हात पार्न सके शीर्ष स्थानमा उक्लिनेछ । यदी बार्सिलोना रियलमाथि हावी भए उसले स्पष्ट तीन अंकको अग्रता बनाउने छ । त्यसैले पनि यो खेललाई शीर्ष स्थानको होडको रुपमा लिइएको छ ।

एलक्लासिको यसअघि अक्टोबर २६ मा हुने तय भएको थियो । क्याटलानमा भइरहेको आन्दोलनका कारण ला लिगाले एलक्लासिकोलाई पर सारेको थियो । स्पेनको बार्सिलोना क्याटलान सहरमा पर्छ जहाँ स्वतन्त्रताको माग गर्दै लामो समयदेखिा आन्दोलन चलिरहेको छ । त्यसकै प्रभाव पर्न सक्ने भन्दै दुवै टीमका खेलाडीलाई अहिले पनि एउटै होटलमा राखिएको बीबीसीले जनाएको छ ।

क्याटालानको आन्दोलन नरोकिँदा एलक्लासिकोमा सुरक्षा चुनौति अझै कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको व्याख्या छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल निकै रोमाञ्चक हुने रियलका मुख्य प्रशिक्षक जिनेदिने जिदानले बताए । ‘९० मिनेटको खेलमा जतिसक्दो राम्रो खेल्ने छौं,’ जिदानले भने,‘हामीलाई विश्वास छ खेल राम्रो हुनेछ ।’

क्याम्प नाउमा भएको संघर्ष नरोकिएपछि एलक्लासिको मड्रिड सार्ने तयारी नभएको होइन तर, दुवै क्लबले मड्रिड जान अस्वीकार गरेपछि मिती सारीएको हो । तर, अझै पनि क्याम्प नाउ क्षेत्रमा दङ्गा हुने सम्भावनाकाबीच खेल हुँदैछ ।

रियल र बार्सिलोनाबीचको खेलको अघिल्लो राति उनीहरु एउटै होटलमा बसेका छन् । दुवै टोली खेलका लागि होटलबाट क्याम्प नाउ खेल समयभन्दा ठिक २ घण्टा अगाडि सँगै निस्किनेछन् । सुरक्षा चुनौतिका कारण बलिया प्रतिद्वन्दी एकैसाथ निकिनेछन् ।

‘खेल हुँदैछ भन्ने कुरा महत्वपूर्ण छ । हामीलाई केही फरक अनुभुति भएको छ । हामीसँगै निस्किने छौं र हामी राम्रो गर्ने छौं,’ जिदानले भने ।
बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भेर्दोले सुरुकै मितिमा खेलेको भएपनि समस्या नहुने बताएका छन् । ‘खेल सुरुकै मितिमा खेल्न पाएको भए हुन्थो । तर, नचाहेर पनि खेलाडी खेल नहुँदै भेट भएको छ । तर, मैले जिदानलाई देखेको छैन । तर, उहाँप्रति मेरो सम्मान छ,’ बार्सिलोनाका प्रशिक्षक भालभेर्दोले भने ।

ला लिगामा अहिलेसम्म बार्सिलोनाले रियल मड्रिडलाई ७२ खेलमा पराजित गरेको छ भने ७२ वटै पटक रियलले सबै खेलमा गरि बार्सिलोनालाई हराएको बीबीसीले उल्लेख गरेको छ ।

यतिमात्रै होइन रियलले पछिल्लो ६ खेलमा बार्सिलोनालाई पराजित गर्न सकेको छैन् । जसमा रियलले बार्सिलोनासँग २ खेल बराबरी र ४ खेलमा हार व्यहोरेको छ ।

एलक्लासिको भइरहँदा बार्सिलोनाका स्टार खेलाडि लियोनल मेस्सीले भने पछिल्लो तीन भेटमा रियलविरुद्ध गोल गर्न सकेका छैनन् । यस्तै, बार्सिलोनाका लुइस स्वारेज रियलविरुद्ध १० भन्दा बढी गोल गर्ने तेस्रो खेलाडी बनेका छन् ।

बार्सिलोनाका लागि रियलविरुद्ध सबैभन्दा धेरै कप्तान मेस्सीले १८ गोल र रोड्रिगेजले १२ गोल गरेका छन् ।

यस्तै, रियलका कप्तान सर्जियो रामोसले बुधबार बार्सिलोनाविरुद्ध खेले उनी एलक्लासिकोमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । उनले अहिलेसम्म ४३ खेल खेलिसकेका छन् ।

त्यतिमात्रै होइन, रियलका प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा हुँदा रियल नाउ क्याम्पमा अपराजित रहेको छ । उनले ४ बर्ष मुख्य प्रशिक्षकको कार्यकालमा २ खेलमा जित र २ खेल बराबरी गरेका छन् ।

कम चर्चा !

गत सिजनहरुको भन्दा यस सिजको एलक्लासिकोको चर्चा कम भएको केही सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो दशकाकै सबैभन्दा चर्चित दुई फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिपर्धाको रुपमा पनि एलक्लासिको फुटबलमा सबैभन्दा बढी चर्चामा हुने गरेको थियो ।

रियल मड्रिका पूर्व स्ट्राइकर क्रिस्टियानो इटलियन क्लब युभेन्टस गएसँगै एलक्लासिकोको चर्चा कम भएको कतिपयको भनाइ छ । पछिल्लो समय क्रिष्टियानो र मेस्सीमा को सबैभन्दा उत्कृष्ट भन्ने बहस हुने गरेको थियो/छ । यसका कारण पनि एल क्लासिको चर्चामा हुने गरेको थियो ।

तर कतिपयले भने रोनाल्डो र मेस्सी क्लब फुटबलमा सफल हुनुभन्दा पहिला देखिनै एलक्लासिको फुटबलको चर्चाको विषय बन्ने गरेको बताउने गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ५ : ४७ बजे

सरकारी अस्पतालमा नर्सिङ जनशक्तिको चरम संकट : बिदा र भत्तामा समेत हुन्छ विभेद

काठमाडौँ- सरकारले सरकारी कर्मचारीका लागि साताको दुई दिन बिदा लागू

जलस्रोतसम्बन्धी नयाँ कानुन ल्याउने सरकारको तयारी

काठमाडौँ– जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी

तालतलैयाको बक्यौता नतिर्नेको सेवासुविधा रोकियो

कैलाली– कैलालीको भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको

लालीबजार : पुस्तेनी देहव्यापारमा अक्षरको चेतना

काठमाडौं- सुरुमै ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुगेको विषयमा छोटो टिप्पणी- पीडकलाई

धवलागिरिमा मानव पाइला परेको ६६ वर्ष, सात सय जनाभन्दा बढीबाट आरोहण

म्याग्दी– धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा