काठमाडौं – नायिका प्रियंका कार्कीले एक कवितालाई साभार गरेर आयुष्मान देशराज जोशीलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।
क्लेमेन्टाइन भन रेडिक्सको कविता ‘माउथफूल अफ फरेभरस्’ लाई उनले क्रेडिट समेत नदिई इन्स्टाग्राममा शेयर गरेकी छिन् ।
प्रियंका आजभोलि खासै चर्चामा छैनिन् । एकताका एकपछि अर्को फिल्म रिलिज र म्युजिक भिडियोका कारण निकै व्यस्त भएकी प्रियंकाको व्यस्तता घटेको भने छैन ।
प्रियंकाले गतवर्षको असारमा अभिनेता आयुष्मान देशराजसँग इङ्गेजमेन्ट गरेकी थिइन् ।
यी दुईको प्रेम चलिरहँदा भएको ‘सप्रराइज इङ्गेजमेन्ट’ ले धेरैलाई चकित बनाएको थियो । किनकि, प्रियंका र आयुष्मानको बिहे नहुने धेरैले अड्कल काटेका थिए ।
इङ्गेजमेन्ट गरे पनि प्रियंका र आयुष्मानले बिहेको तयारी भने गरेका छैनन् । त्यसो त प्रियंकाले यस वर्षको असारमा बिहे हुने बताउँदै आएकी थिइन् । तर, बिहे भएन ।
परिवारको समय नमिल्दा बिहे नभएको प्रियंकाले बताउँदै आएकी थिइन् । त्यसो त कुनै दिन सप्रराइज बिहे पनि नहोला भन्न सकिन्न । तर, यस वर्ष सम्भवतः बिहेको लगन जुर्ने छैन ।
‘मलाई थाहा छ, म तिमीले माया गरेको पहिलो व्यक्ति होइन, तिमी पनि मैले हेरेको प्रथम व्यक्ति होइनौ,’ प्रियंकाले साभार गरेको कविताको भाव छ ।
‘मैले भेटेको मान्छेमा तिमी संसारकै सबैभन्दा सुन्दर व्यक्ति हौ,’ प्रियंकाले आयुष्मानको तारिफमा कविता शेयर गरेकी छिन् ।
यता आयुष्मानले पनि प्रियंकालाई ‘आइ लभ यु’ भन्दै कमेन्ट गरेका छन् ।
प्रतिक्रिया