वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।

प्रवासी समन्वय समिति (पिएनसिसी)को अगुवाइमा मङ्गलबारसम्म वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका सात हजार ८२२ नेपाली आप्रवासी कामदारको सम्झनामा दीप प्रज्वलन गरिएको हो । पछिल्ला वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि २०७५/७६ सम्म सात हजार ४५५ नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । सो अवधिमा १७१ महिला र सात हजार २८४ पुरुषले ज्यान गुमाएका छन् ।

बोर्डका अनुसार आव २०६५/६६ मा ७७, आव २०६६/६७ मा ४१९, आव २०६७/६८ मा ५६५, आव २०६८/६९ मा ६४६ र आव २०६९/७० मा ७२३ ले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । आव २०७०/७१ मा ८७६, आव २०७१/७२ मा एक हजार सात, आव २०७२/७३ मा ८१३, आव २०७३/७४ मा ७५५, आव २०७४/७५ मा ८२२ र २०७५/७६ मा ७५३ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन् ।

यस्तै चालु आवको पहिलो चार महिनामा २५१ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भइसकेको छ । सामान्य जानकारी नहुँदा नेपाली आप्रवासी कामदारले अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् । मुख्यरूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ । सो अवधिमा स्वास्थ्यसम्बन्धी समस्याका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् ।

दश वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, हृदयाघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४, आत्महत्याबाट ८९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ । केही मृत्युका कारण भने अझैसम्म खुल्न सकेका छैन । विसं २०६५ देखि २०७२ सम्मको अवधिमा मृत्यु भएका ७५९ कामदारको मृत्युको कारण खुल्न नसकेको ‘वैदेशिक रोजगारका लागि श्रम आप्रवासन, नेपालको स्थिति’ प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : ३० बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन

आज २०८२ साल साउन १८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित