साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का « Khabarhub

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको सम्बन्धलाई मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

संखुवासभा–काठमाडौं जर्नालिष्ट एशोसियशन (एसकाज)ले आज राजधानीमा आयोजना गरेको सामूहिक तीज कार्यक्रममा बोल्दै उनले तीजलाई अब केवल हिन्दू महिलाको चाड मात्र नभई सबै धर्म, संस्कृति र समुदायबीचको साझा उत्सवका रूपमा अंगिकार गर्नुपर्नेमा जोड दिए ।

मन्त्री खड्काका अनुसार तीज पर्वले सामाजिक सहकार्य, आपसी सद्भाव र मानसिक–शारीरिक ताजगी प्रदान गर्दै आएको छ । उनले संखुवासभा प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले धनी जिल्ला भएकाले त्यसको विकास र पहिचान प्रवर्द्धनमा सञ्चारकर्मीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरे ।

कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसांसद राजेन्द्र गौतमले तीजले महिलाको सशक्तिकरणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै पछिल्लो समय यस पर्व व्यवसायिकतासँग पनि गाँसिँदै गएको बताए ।

त्यसैगरी कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले तीजलाई अब नेपाली हिन्दू महिलामात्रको पर्व नभई सबै धर्म र जातजातिले आत्मसात् गर्न थालेको साझा उत्सवको रूपमा विकास भइरहेको धारणा राखे ।

नेपाली काँग्रेस नेतृ विनिता थापा खड्काले तीज पर्व महिलाबीचको हार्दिकता, एकता र सद्भाव विस्तार गर्ने महत्वपूर्ण अवसर भएको बताइन् ।

संघका अध्यक्ष शङ्कर खनालले संखुवासभाबाट काठमाडौँ आएका सञ्चारकर्मी तथा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिबीच आपसी चिनजान र भेटघाटलाई प्रवर्द्धन गर्ने उद्देश्यले सामूहिक तीज कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ५ : ५९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा