साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का « Khabarhub

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको सम्बन्धलाई मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

संखुवासभा–काठमाडौं जर्नालिष्ट एशोसियशन (एसकाज)ले आज राजधानीमा आयोजना गरेको सामूहिक तीज कार्यक्रममा बोल्दै उनले तीजलाई अब केवल हिन्दू महिलाको चाड मात्र नभई सबै धर्म, संस्कृति र समुदायबीचको साझा उत्सवका रूपमा अंगिकार गर्नुपर्नेमा जोड दिए ।

मन्त्री खड्काका अनुसार तीज पर्वले सामाजिक सहकार्य, आपसी सद्भाव र मानसिक–शारीरिक ताजगी प्रदान गर्दै आएको छ । उनले संखुवासभा प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले धनी जिल्ला भएकाले त्यसको विकास र पहिचान प्रवर्द्धनमा सञ्चारकर्मीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरे ।

कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसांसद राजेन्द्र गौतमले तीजले महिलाको सशक्तिकरणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै पछिल्लो समय यस पर्व व्यवसायिकतासँग पनि गाँसिँदै गएको बताए ।

त्यसैगरी कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले तीजलाई अब नेपाली हिन्दू महिलामात्रको पर्व नभई सबै धर्म र जातजातिले आत्मसात् गर्न थालेको साझा उत्सवको रूपमा विकास भइरहेको धारणा राखे ।

नेपाली काँग्रेस नेतृ विनिता थापा खड्काले तीज पर्व महिलाबीचको हार्दिकता, एकता र सद्भाव विस्तार गर्ने महत्वपूर्ण अवसर भएको बताइन् ।

संघका अध्यक्ष शङ्कर खनालले संखुवासभाबाट काठमाडौँ आएका सञ्चारकर्मी तथा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिबीच आपसी चिनजान र भेटघाटलाई प्रवर्द्धन गर्ने उद्देश्यले सामूहिक तीज कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ५ : ५९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्