‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक « Khabarhub

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति २०८२’ आज सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवनयापन गर्न सक्षम हुन भन्ने उद्देश्यसहित स्वास्थ्य नीति सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य नीतिमा छ उद्देश्य, २६ वटा नीति तथा रणनीति रहेका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईले जानकारी दिए । प्रदेश सरकारको गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको उक्त स्वास्थ्य नीति आज वेबसाइट र मन्त्रालयको सामाजिक सञ्जाल फेसबुक पेजमा राखिएको सूचना अधिकारी राईले बताए । 

उनका अनुसार स्वास्थ्य नीतिमा प्रदेशमा सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका लागि पर्याप्त र व्यवस्थित पूर्वाधार नहुनु, प्रदेश तहका अस्पतालबाट कतिपय सेवाहरू गुणस्तरीय रूपमा प्रवाह हुन नसक्नु, स्वास्थ्य क्षेत्रको आवश्यकताअनुसार पर्याप्त जनशक्तिको दरबन्दी नहुनु, उपलब्ध जनशक्तिको उचित व्यवस्थापन हुन नसक्नु, स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार पर्याप्त र उचित लगानी हुन नसक्नुलगायत समस्या उल्लेख गरिएको छ ।

त्यस्तै, विशेषज्ञ चिकित्सकीय सेवा र सघन उपचार सेवा विस्तार हुन नसक्नु, पाँच वर्षमुनिका एक तिहाइ बालबालिकामा रक्तअल्पता र प्रजनन उमेरका महिलामा न्यून पोषणको समस्या व्याप्त हुनु, क्षयरोग, कुष्ठरोग, उपेक्षित उष्णप्रदेशीय रोग तथा कीटजन्य रोगको सङ्क्रमण दर प्रदेशमा उच्च हुनु मुख्य समस्याका रूपमा रहेका छन् ।

स्वास्थ्य नीतिको लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ रहेको मन्त्रालयका सूचना अधिकारी राईले जानकारी दिए । प्रदेशभित्रका विद्यमान, सम्भावित, उदीयमान, पुनः उदीयमान र स्वास्थ्य चुनौतीहरू समाधान गर्न प्रदेश स्वास्थ्य नीति बनाइएको उनले बताए ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०२०) अनुसार कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्या अन्य प्रदेशको तुलनामा उच्च रहेको पाइएको छ । 

उक्त सर्वेक्षणका अनुसार मानसिक रोगको व्यापकता १३ दशमलव ९५, किशोरावस्थामा मानसिक रोग ११ दशमलव ४५, मद्यपानको लतका कारण छ दशमलव ५५, लागूऔषधको दुर्व्यसनका कारण शून्य दशमलव ४५ र आत्महत्याको सोचको व्यापकता १० दशमलव ६५ रहेको छ । रासस

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ५ : ३४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्