जिप दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु « Khabarhub

जिप दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिप दुर्घटना हुँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ ।

खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै पल्टिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए । मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता चन्दले जानकारी दिए ।

जिपका चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ८ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै