कञ्चनपुरमा चिसो बढेपछि विद्यालयले दियो बिदा « Khabarhub

कञ्चनपुरमा चिसो बढेपछि विद्यालयले दियो बिदा


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- अत्यधिक चिसो बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

दुई दिनदेखि शीतलहरसँगै चिसो बढेसँगै यही पुस ३ र ४ गते नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको हो ।

चिसो बढेपछि बालबालिकालाई विद्यालय जान अप्ठ्यारो हुनुका साथै कक्षा कोठामै चिसोका कारण पठनपाठनमा बाधा पुग्न थालेपछि बिदा दिने निर्णय गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

नगरपालिका क्षेत्रका सबै विद्यालयलाई बिदा दिने निर्णयबारे जानकारीसमेत दिइएको छ । भीमदत्तसँगै शुक्लाफाँटा नगरपालिका क्षेत्रका निजी विद्यालयले पनि विद्यालयमा चार दिन बिदा दिएका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै