टेलिफोन सेवा लिने प्रयोगकर्ताको संख्या ४ करोड २० लाख ! « Khabarhub

टेलिफोन सेवा लिने प्रयोगकर्ताको संख्या ४ करोड २० लाख !


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको जनसंख्या ३ करोडको हाराहारीमा छ । तर टेलिफोन सेवा लिने प्रयोगकर्ताको तथ्यांक भने चार करोड २० लाख पुगेको छ।

यो तथ्यांकको ९८ प्रतिशत बजार मोबाइलको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मोबाइल सेवा लिनेको संख्या चार करोड ११ लाखभन्दा बढी छ।

त्यस्तै फिक्स्ड सेवा (पिएसटिएन, डब्ल्यूएलएल, भिस्याट) सेवा लिनेको संख्या करिब ८ लाख र स्याटेलाइट फोन सेवा लिनेको संख्या १ हजार ७ सय ४२ छ। यो तथ्यांकले नेपालमा जनसंख्याको आधारमा टेलिफोन घनत्व १ सय ४२ प्रतिशत पुगेको देखाउँछ।

तथ्यांकमा सबैभन्दा बढी ग्राहक नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड)को देखिएको छ। टेलिकमका ग्राहक दुई करोड ३१ लाख ७० हजार छन् ।

जुन कुल प्रयोगकर्ताको ५५ प्रतिशत हो। त्यस्तै ४० प्रतिशत बजार ओगटेको एनसेलका एक करोड ६६ लाख ६८ हजार ग्राहक छन्। स्मार्टका कुल बजारको पाँच प्रतिशत २० लाख ७३ हजार ग्राहक पुगेको तथ्यांक छ।

तथ्यांक अनुसार एक करोड ९५ लाख ४० हजार इन्टरनेटका प्रयोगकर्ता पुगेका छन्। जुन कुल जनसंख्याको ६६ प्रतिशत हो।

इन्टरनेट प्रयोगकर्ता एक करोड ५१ लाख ६३ हजारले मोबाइल इन्टरनेट (थ्रिजी, फोरजी ) चलाउँछन्, जुन कुल इन्टरनेट प्रयोकर्ताको ७८ प्रतिशत हो।

जसमा ८७ लाख ५४ हजार नेपाल टेलिकमको बजार छ। त्यस्तै ६१ लाख ८१ हजार बजार एनसेलको र दुई लाख २७ हजार बजार स्मार्टको छ।

बाँकी ४३ लाख हजार एडिएसएल, फाइबर लाइन, रेडियो वाइफाई र वाइम्याक्स छन्। जसमा फाइबर लाइन र रेडियो वाइफाईमा निजी इन्टरनेट सेवा प्रदायकको ३२ लाख २५ हजार बजार छ।

नेपाल टेलिकमको एडिएसएलमा १० लाख १६ हजार, फाइबर लाइनमा करिब ४५ हजार र वाइम्याक्स ८९ हजार ग्राहक छन्।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : २१ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले