अवैध ढंगले अमेरिका पुगेका ५ नेपालीलाई चार्टर्ड विमानमार्फत फर्काइयो « Khabarhub

अवैध ढंगले अमेरिका पुगेका ५ नेपालीलाई चार्टर्ड विमानमार्फत फर्काइयो


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरकानूनी बाटोबाट अमेरिका गएका ५ नेपालीलाई अमेरिकाले आज (बुधबार) नेपाल फिर्ता (डिपोर्ट) गरेको छ ।

उनीहरुलाई गैरआप्रबासी ठहर गरी नेपाल फर्काइएको हो । उनीहरु लामो समयदेखि अध्यागमनको हिरासतमा थिए ।

डिपोर्ट भएका नेपालीलाई अमेरिकी चार्टर्ड विमानले त्रिभुवन विमानस्थलमा छाडेको थियो । यसरी फर्काइएका नेपालीमा रूकुम स्यालापाखा-९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्री छन्।

उनीहरुसँगै ३ पाकिस्तानी नागरिक पनि रहेको प्रहरीले जनाएको छ । नेपालीलाई छाडेर चार्टर्ड विमान पाकिस्तानीलाई पुर्‍याउन गएको नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार व्युरोका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले बताए ।

उनीहरुलाई हतकडी लगाएर ल्याइएको थियो । नेपाल तथा भारतका दलालमार्फत स्थायी आप्रवासको आश्वासन पाएर उनीहरू चोरी बाटो हुँदै अमेरिका पुगेको ब्युरोले जनाएको छ। प्रहरीका अनुसार नेपाल आइपुगेका पीडित युवाले दलालको नाम बताइसकेका छैनन्।

अमेरिका पुग्न लाखौं खर्च गरेको बताएका उनीहरूले त्यहाँ पुगेपछि लामो समय हिरासत बसेको बताएका छन्।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ०६ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन