प्रहरीको उच्च निगरानीमा ‘विप्लव’ समूह, सशस्त्र प्रहरी समेत हाई अलर्टमा « Khabarhub

प्रहरीको उच्च निगरानीमा ‘विप्लव’ समूह, सशस्त्र प्रहरी समेत हाई अलर्टमा


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिककले कलंकी–नैकाप– सतुंगल–गुर्जुधारा-त्रिभुवनपार्क–नागढुंगा सडकखण्ड चारवर्ष देखि निर्माण पूरा हुन नसकेको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

अत्यासलाग्दो बाटो र धुलोको सास्तीमा लाखौं सर्वधाराण रहेको तथा दैनिक हजारै सवारी गुड्ने र लाखौं सर्वसाधारण आवतजावत गर्ने बाटो वर्षौंदेखि अलपत्र रहेको उल्लेख गरेको छ । यो बाटोमा हिड्ने सर्वसाधारणको एउटै प्रश्न हुन्छ– सरकार ! कहिले अन्त्य हुन्छ धुलोको साम्राज्य ?

त्यसैगरी ‘प्रहरी इन्काउन्टर अनुसन्धान गर्न विज्ञ टोली’ शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । राष्ट्रिय मानव अधिकार आयोगले चारवटा इन्काउन्टर घटनालाई एकै ठाउँ राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

विपन्नको उपचारमा दुई अर्ब बढी खर्च, अधिकांशलाई जानकारी छैन भन्ने शीर्षकमा पत्रिकाले पहिलो पृष्ठमै अर्को समाचार छापेको छ । विपन्न नागरिकको औषधि र उपचारमा राज्य कोषबाट २ अर्ब ११ करोड ५६ लाख १८ हजार ९ सय ७ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै पत्रिकाले अर्को विप्लवमाथि सरकारले प्रतिबन्ध लगाएपछि सुरक्षा निकायमा थालिएको सर्कुलरका विषयमा अर्को समाचार छापेको छ । पत्रिकाले सरकाले सवै सुरक्षा अंगले मातहतका निकायलाई हाई अलर्टमा राखेको छ ।

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धपछि प्रहरीले सरकारको निर्देशनअनुसार नै आफ्ना ७७ वटै जिल्लास्थित मातहतका निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।

त्यस्तै पत्रिकाले गाउँघरमा नपुगको सिंहदरबार शीर्षकमा सम्पादकीय लेखेको छ । कर्णाली प्रदेशमा रहेको विकट जिल्ला कालिकोटमा २३ वर्षीया मिनाकुमारी शाहीको सुत्केरी व्यथाको उपचार नपाउँदा मृत्यु भयो ।

नरहरिनाथ गाउँपालिका–७ दुधुल्लीकी शाहीको सुत्केरी भएपछि साल अड्किएर लगातार रक्तश्राव भई समयमै उपचार नपाउँदा मृत्यु भएको थियो ।

निज शाहीलाई सथनीय स्वास्थ्य चौकीमा पु¥याए पनि सेवासुविधाको अभावले उनको उपचार हुन सकेको थिएन ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : ०८ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा