२० करोडमा बनेको पुलले नथेग्ने भयो भार, बनेको ९ महिनासम्म गाडी चलेन « Khabarhub

२० करोडमा बनेको पुलले नथेग्ने भयो भार, बनेको ९ महिनासम्म गाडी चलेन


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विकास र समृद्धिका लागि पहलो वर्षलाई आधार वर्ष मानेको छ । यो क्रममा विकासका काम पनि भइरहेका छन् । तर, कामको उचित नियमन नहुँदा बनेका संचरना पनि प्रयोगबिहीन हुने अवस्थामा पुगेका छन् । यस्तै उदाहरणसहितको प्रकाशित नयाँ पत्रिका दैनिकको समाचारमा राजधानी काठमाडौंमै २० करोडको लागतमा बनेको पुलमा ९ महिनादेखि गाडी चलाउन सकिएको छैन् ।

कालीमाटी र टेकु जोड्ने पुरानो पुलमा जाम हुँदा नयाँ पुल खाली छ । चिनियाँ कम्पनी जेआईईसी र पप्पु कन्ट्रक्सनले संयुक्त रुपमा बनाएको टेकु कालीमाटी जोड्ने पुल निर्माण भएको ९ महिनासम्म सञ्चालनमा आएको छैन । २० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसकेको छ । पुलमा रंगरोगन पनि गरिसकिएको छ । तर, भार थाम्दैन भन्दै सरकारले बन्द गरेको छ ।

तीनकुनेबाट बानेश्वर जोड्ने पुल पनि पप्पुकै हो । पुलको भित्री संरचना पूरा भएको छ । तर जगमै समस्या भेटिएपछि निर्माण कार्य नै अवरुद्ध भएको छ ।

सरकारी स्कुलमा ६ शिक्षक मध्ये ५ जना एकै परिवारका शीर्षकमा पत्रिकाले छापेको समाचारमा महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको उल्लेख छ। विद्यालयका ६ मध्ये पाँच शिक्षक र एक लेखा कर्मचारी एउटै परिवारका सदस्य हुन्। यो विद्यालय स्थानीयस्तरमा ‘पारिवारिक विद्यालय’का नामले चिनिन्छ।

प्रधानाध्यापक सीताशरण यादव स्थायी शिक्षक हुन्। उनकी छोरी संगीता यादव बालविकास कक्षाकी अस्थायी शिक्षिका हुन्। यस्तै, लेखा कर्मचारी अरविन्द यादव सीताशरणका ज्वाइँ हुन्। उनले निजी स्रोतमा जागिर खाएका छन्। अस्थायी शिक्षक वीरेन्द्र यादव र राहत शिक्षक धर्मेन्द्र यादव विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर यादवका भतिजा हुन् । जब कि प्रअ सीताशरण विश्वेश्वरका फुपूका छोरा हुन्। बालविकासकी अस्थायी शिक्षिका चन्द्रिका यादव धर्मेन्द्रकी श्रीमती हुन्। अर्की राहत शिक्षक सावित्री यादव मात्रै बेग्लै परिवारकी हुन्। तर, प्रअ सीताशरण सबै शिक्षक–शिक्षिकालाई विद्यालय व्यवस्थापन समितिकै निर्णयअनुसार प्रक्रिया पुर्‍याएरै राखिएको बताउँछन्।

फेक रेस्क्यु : युरोपबाट नेपाल आउने पर्वतारोहीको बिमा गर्न आनाकानी शीर्षकको समाचारमा नेपालका हिमाल आरोहण गर्न चाहने पर्वतारोहीको बिमा गर्न बिमा कम्पनीहरूले अस्वीकार गरेका छन्। विशेष गरी युरोपेली देशका बिमा कम्पनीहरूले पर्वतारोहीको बिमा गर्न आनाकानी गरेको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए।

फ्रान्स, बेलायतलगायतका देशका बिमा कम्पनीले नेपालमा हुने गरेको फेक रेस्क्युलाई कारण देखाउँदै पर्वतारोहीको बिमा गर्न अस्वीकार गरेको उनले जानकारी दिए। उनले भने, ‘पर्वतारोहणअघि पर्वतारोहीले अनिवार्य बिमा गर्नैपर्छ। तर, आउँदो सिजनमा हिमाल आरोहण गर्न नेपाल आउन लागेका आरोहीको बिमा गर्न ती देशका बिमा कम्पनीहरूले गाह्रो मानिरहेको पर्वतारोहीले हामीलाई भनिरहेका छन्।’

पर्वतारोहीहरूले आफ्नो देशका कम्पनीले बिमा गर्न नमानेको भन्दै नेपालमा बिमा गर्न सकिने–नसकिने विषयमा सोधपुछ गरिरहेको पर्वतारोहण पर्यटन व्यवसायी ठाकुरराज पाण्डेले बताए। उनले भने, ‘नेपालमा पर्यटक उद्धारका नाममा हुने ठगीलाई लिएर बिमा कम्पनीहरू बिमा गर्न तर्सेको देखिन्छ।’ गत वर्ष अन्तर्राष्ट्रियस्तरमा फेक रेस्क्युले चर्चा पाएपछि सरकारले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा समिति नै गठन गरेर अध्ययन गरेको थियो।

सो समितिले केही अस्पताल, ट्रेकिङ एजेन्सी, हेलिकोप्टर कम्पनीलगायतलाई कारबाही गर्ने सिफारिस गरेको थियो। पर्यटकलाई बिरामी बनाएर उद्धारका नाममा पैसा अपचलन भएको विषयमा सरकारले गठन गरेको कार्यदलले कारबाहीको सिफारिस गर्दासमेत कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरू पर्वतारोहीको बिमा गर्न हच्किएको व्यवसायीको भनाइ छ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : ५० बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन