ब्राजिलका राष्ट्रपति बोलसोनारो अमेरिका भ्रमणमा | Khabarhub Khabarhub

ब्राजिलका राष्ट्रपति बोलसोनारो अमेरिका भ्रमणमा


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– ब्राजिलका राष्ट्रपति जइर बोलसोनारो अमेरिका भ्रमणमा निस्केका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नका लागि राष्ट्रपति बोलसोनारो अमेरिकाको राजधानी वाशिंटन डीसी पुगेका हुन् ।

ट्रम्प र बोलसोनारोबीच विशेषगरी भेनेजुएलामा जारी राजनीतिक संकटका विषयमा छलफल हुनेछ । भेनेजुएलाको विषयबाहेक दुई नेताबीच व्यापार, द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा, भू राजनीतिलगायतका विषयमा पनि वार्ता हुनेछ ।

दुबै मुलुकबीच भेनेजुएलाका विषयलाई लिएर एकमत रहेको देखिन्छ । दुबै मुलुकले वर्तमान राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्यूत गरी विपक्षी नेता हुआँ गुआइदोलाई राष्ट्रपति बनाउन चाहन्छन् । त्यसबाहेक दुबै नेताहरुको पपुलिष्ट दक्षिणपन्थी छवि रहेको छ ।

गत जनवरी १ मा ब्राजिलको राष्ट्रपतिको कार्यभार सम्हालेयता बोल्सोनारोको यो पहिलो औपचारिक विदेश भ्रमण हो । त्यसअघि उनी स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा सहभागी भएका थिए ।

उनी मंगलबार स्वदेश फर्किने कार्यक्रम छ । ब्राजिल फर्किएलगत्तै उनले चिली र मार्चको अन्त्यमा इजरायलको भ्रमण गर्ने बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ७ : ०० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका