जिल्ला अस्पताल धादिङमा नयाँ भवनबाट ‘ओपिडि’ सेवा शुरु « Khabarhub

जिल्ला अस्पताल धादिङमा नयाँ भवनबाट ‘ओपिडि’ सेवा शुरु


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– जिल्ला अस्पताल धादिङको नयाँ भवनबाट बहिरंग (ओपीडी) सेवा शुरु भएको छ ।

वि.सं. २०७२ साल बैशाख १२ गतेको भूकम्पले ओपीडी भवन भत्किएपछि अस्पतालले अस्थायी भवनमा ओपीडी सेवा संचालन गर्दै आएको थियो ।

भूकम्पले भवन भत्किएपछि हिमालयन हेल्थ केयरले जिल्ला अस्पतालको नयाँ ओपीडी भवन पुनःनिर्माण गरेको हाे।

भवन निर्माण सम्पन्न भएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट खटिएका आवसीय विशेषज्ञ चिकित्सकहरुले नयाँ ओपीडी भवनबाट सेवा दिन शुरु गरेको अस्पतालका सूचना अधिकारी कृष्ण उप्रेतीले खबरहबलाई बताए ।

नयाँ भवन संचालमा आएसँगै बिरामीलाई सेवा दिन सहज भएको अस्पतालका सूचना अधिकारी उप्रेतीको भनाइ छ

उनले भने, ‘नयाँ ओपीडी भवन अत्याधुनिक सुविधा सम्पन्न छ, ओपीडीमा चाहिने आधारभूत उपकरण छ, नयाँ भवनमा ओपीडी  सेवा शुरु भएपछि बिरामीलाई सेवा दिन सहज भएको छ ।’

जिल्ला अस्पताल धादिङमा स्त्री तथा प्रसूति, जनरल फिजिसियन, बाल रोग, छाला तथा यौन रोग, जनरल सर्जरी, हाडजोर्नी तथा नशा र रेपियोलोजी सेवा दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ७ : ०६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा