नेदरल्याण्ड गोलीकाण्डः ज्यान गुमाउनेको संख्या ३ पुग्यो « Khabarhub

नेदरल्याण्ड गोलीकाण्डः ज्यान गुमाउनेको संख्या ३ पुग्यो


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेदरल्याण्ड– नेदरल्याण्ड्सको पूर्वी भेगमा पर्ने युट्रेक्ट शहरमा भएको गोलीकाण्डमा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । यसअघि घटनामा एक जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो ।

यद्यपि युट्रेक्ट शहरका मेयरले जनाएअनुसार गोलीकाण्डमा ३ जनाको मृत्यु भएको तथा अरु ९ जना घाइते भएका छन् । शहरमा ट्राममा टर्किस मूलका बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ । संदिग्ध बन्दुकधारी हाल फरार रहेको र उसको खोजी कार्य जारी रहेको जनाइएको छ ।

डच प्रतिआतंकवाद सुरक्षा बलले घटना आतंकवादी प्रकृतिको हुनसक्ने जनाएको छ । यसैअनुसार अधिकारीले त्यहाँ आतंकवादी आक्रमणको खतराको स्तर बढाएर सबैभन्दा उच्च ५ अंकमा पुर्‍याएका छन् ।

बन्दुकधारी टर्किस मूलको ३७ वर्षीय गोकमेन टानिस रहेको अधिकारीले जनाएका छन् । प्रहरीले संदिग्ध बन्दुकधारीको तस्बीर सार्वजनिक गर्दै संदिग्ध बन्दुकधारीलाई कतै देखेमा प्रहरीलाई सम्पर्क गर्न आह्वान गरेको छ ।

शहरका अन्य स्थानमा पनि आक्राण हुनसक्ने भन्दै विद्यालयहरु, मस्जिद, चर्च लगायतका सार्वजनिक स्थानमा उच्च सुरक्षा सतर्कतासहित ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

बन्दुकधारीले स्थानीय समयअनुसार बिहान पौने ११ बजे युट्रेक्ट शहरको २४ अक्टोबरप्लेन क्षेत्रको ट्राम स्टेशनमा जथाभावी गोली चलाएको बताइएको थियो । डच प्रधानमन्त्री मार्क रुटले घटनाबारे चासो व्यक्त गर्दै साप्ताहिक बैठक स्थगित गरेको जनाएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ९ : १० बजे

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले