नेदरल्याण्ड गोलीकाण्डः ज्यान गुमाउनेको संख्या ३ पुग्यो « Khabarhub

नेदरल्याण्ड गोलीकाण्डः ज्यान गुमाउनेको संख्या ३ पुग्यो


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेदरल्याण्ड– नेदरल्याण्ड्सको पूर्वी भेगमा पर्ने युट्रेक्ट शहरमा भएको गोलीकाण्डमा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । यसअघि घटनामा एक जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो ।

यद्यपि युट्रेक्ट शहरका मेयरले जनाएअनुसार गोलीकाण्डमा ३ जनाको मृत्यु भएको तथा अरु ९ जना घाइते भएका छन् । शहरमा ट्राममा टर्किस मूलका बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ । संदिग्ध बन्दुकधारी हाल फरार रहेको र उसको खोजी कार्य जारी रहेको जनाइएको छ ।

डच प्रतिआतंकवाद सुरक्षा बलले घटना आतंकवादी प्रकृतिको हुनसक्ने जनाएको छ । यसैअनुसार अधिकारीले त्यहाँ आतंकवादी आक्रमणको खतराको स्तर बढाएर सबैभन्दा उच्च ५ अंकमा पुर्‍याएका छन् ।

बन्दुकधारी टर्किस मूलको ३७ वर्षीय गोकमेन टानिस रहेको अधिकारीले जनाएका छन् । प्रहरीले संदिग्ध बन्दुकधारीको तस्बीर सार्वजनिक गर्दै संदिग्ध बन्दुकधारीलाई कतै देखेमा प्रहरीलाई सम्पर्क गर्न आह्वान गरेको छ ।

शहरका अन्य स्थानमा पनि आक्राण हुनसक्ने भन्दै विद्यालयहरु, मस्जिद, चर्च लगायतका सार्वजनिक स्थानमा उच्च सुरक्षा सतर्कतासहित ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

बन्दुकधारीले स्थानीय समयअनुसार बिहान पौने ११ बजे युट्रेक्ट शहरको २४ अक्टोबरप्लेन क्षेत्रको ट्राम स्टेशनमा जथाभावी गोली चलाएको बताइएको थियो । डच प्रधानमन्त्री मार्क रुटले घटनाबारे चासो व्यक्त गर्दै साप्ताहिक बैठक स्थगित गरेको जनाएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ९ : १० बजे

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू

सिजीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

काठमाडौं– सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेवलअप!उईथसिजी उपहार योजनाअन्तर्गत

झापामा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँको क्षति

बनियानी– झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउटा घरमा

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म