खोइ गाउँका बालबालिका ?, गाउँले भन्छन्-कि गुम्बाले लान्छन्, कि चर्चले « Khabarhub

खोइ गाउँका बालबालिका ?, गाउँले भन्छन्-कि गुम्बाले लान्छन्, कि चर्चले


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा। अथवा चर्चमा। किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन्। बच्चाको नाम टिप्छन्। अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर्‍याउँछन्। गुम्बा र चर्चका एजेन्टले हुर्केका गाउँका बालबालिका सहर लगिदिएकैले चुमनुब्रीका विद्यालय धमाधम बन्द हुन थालेका छन्। विद्यार्थी नपाएपछि गाउँपालिकाका पाँच विद्यालय बन्द भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

मनास्लु इन्द्रेणी प्रावि नाम्रुङ, पेमाथाङ प्रावि लोक्पा, छुलेनिले आधारभूत विद्यालय निले, जनज्योति प्रावि स्यो, क्वाक आधारभूत विद्यालय क्वाक र क्य्राक प्रावि क्य्राक बन्द भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ। विद्यार्थीविहीन भएपछि बिहीस्थित गुम्बा हिमाली प्रावि बन्द भएको थियो। विद्यालय भवन भत्काएर त्यस ठाउँमा हेलिप्याड निर्माण भएको थियो। एक वर्षअघि फेरि प्रारम्भिक बालविकास (ईसीडी) कक्षा सञ्चालन गर्न थालिएको वडाध्यक्ष सोनाम ग्याल्जेनले बताए।

विद्यार्थी कम भएपछि छाक गाउँको हिमचुली आधारभूत विद्यालयमा कक्षा घटुवा गरेर ईसीडी मात्र सञ्चालन गरिएको स्थानीय धावा लामाको भनाइ छ। बुद्ध प्रावि, साम्दो आधारभूत विद्यालय, प्रोक आधारभूत विद्यालय र सिप्चेत प्राविमा पनि कक्षा घटुवा गरेर ईसीडीसम्म मात्र सञ्चालन गरिएको स्रोतव्यक्ति रोहिणीप्रसाद खनालले बताए। पाँच कक्षासम्म चलेको छेकम प्रावि र छुलेनिले प्राविमा पनि घटुवा गरेर तीन कक्षासम्म मात्र पढाइ हुन्छ। तिनमा पनि विद्यार्थी मुस्किलले १०–१२ जना मात्र हुने स्थानीय ङवाङ सोनामले जानकारी दिए।बन्द र घटुवा गरिएका विद्यालयका शिक्षक ल्हो आवासीय विद्यालय, नुब्री आवासीय विद्यालय, सेराङ आवासीय विद्यालय, बुद्ध आवासीय विद्यालय र बुद्ध आवासीय माविमा समायोजन गरिएको खनालले बताए।

१० हजार विघा हिनामिना शीर्षकको समाचारमा प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमित ९६ बिघा १८ कठ्ठा जग्गामा साढे पाँच सय घर बनेका छन्। अन्य जग्गा व्यक्तिले प्रयोग गरिरहेका छन्। गुठी जग्गा २०३६ सालपछिका हरेक राजनीतिक परिवर्तनपछि अतिक्रमणमा पर्दै आएको छ। अतिक्रमण गर्नेमाथि कसैलाई कारबाही भएको छैन।

जनकपुरको जग्गा अतिक्रमणका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा गठित समितिले प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनमा जनकपुरका २५ गुठीको ९ हजार ८४३ बिघा १२ कठ्ठा जग्गा अतिक्रमणमा परेको उल्लेख छ।

एक हजार बिघा जग्गा रहेको ठूलो गुठी लक्ष्मीनारायण (मटिहानी) मठ अतिक्रमणमा परेको छ। उक्त मठमा ९ वटा मौजा थिए। ९ मौजामा बिन्धी, सपही, उमा, प्रेमपुर, तलसी, याही, जब्दी फूलभागा, बसहिया, नगराइन, कजरा रमौल र इटहर्वामा गुठी जग्गा रहेको तथ्यांक छ। बसहिया र फूलगाभाको जग्गा राजनीतिक परिवर्तनका बेला सबैभन्दा बढी अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै पत्रिकाले नेपालीहरुलाई सबैभन्दा धेरै ग्यास्ट्रिकको समस्या हुने, त्यसपछि श्वासप्रश्वासको, टाउको र दाँत दुख्ने अनि मुटुको समस्या धेरै देखिएको छ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ७ : २६ बजे

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन