बालुवाटार बैठकमा जेन्जीको प्रस्तावमा जेनजीकै खण्डन | Khabarhub Khabarhub

बालुवाटार बैठकमा जेन्जीको प्रस्तावमा जेनजीकै खण्डन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार, दल र जेनजीका प्रतिनिधिको संयुक्त बैठक सकिएको छ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कुरा राख्न सबैलाई आग्रह गरेसँगै बोल्नेक्रममा जेनजीका प्रतिनिधिले प्रत्यक्ष कार्यकारीको व्यवस्था अघि बढ्न दलहरुले सहयोग गर्न आग्रह गरेका थिए।

यो प्रस्ताव जेनजी प्रतिनिधि मिराज ढुंगानाले गरेका हुन्। उनले भनेका थिए, ‘प्रत्यक्ष कार्यकारीमा जानुपर्छ, चुनावको लागि मात्र चुनाव गर्नुको कुनै अर्थ छैन।’

उनले यति भनेलगत्तै केही जेनजीेका अर्का प्रतिनिधिले त्यस विषयलाई अहिले नउठाउन आग्रह गरेका थिए।

छलफलमा सहभागी एक नेताले भने, ‘उहाँले कार्यकारीको कुरा उठाउँदा जेनजीले नै अहिले त्यसलाई नउठाइ चुनाव केन्द्रित कुरा गर्न, सुशासन र भ्रष्टाचारीलाई कारबाही गर्ने विषय उठाउन सुझाउनुभयो। उहाँले उठाएको कुरामा अरु छलफल भएन।’

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ५४ बजे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७