भारतमा दोस्रो चरणको मतदान शुरु, दार्जिलिङमा पनि आजै चुनाव | Khabarhub Khabarhub

भारतमा दोस्रो चरणको मतदान शुरु, दार्जिलिङमा पनि आजै चुनाव


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी १७ औ लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान शुरु भएको छ । दोस्रो चरणको चुनाव अन्तर्गत आज (बिहीबार) १२ राज्य तथा एक केन्द्र शासित प्रदेशसहित ९६ लोकसभा सीटका लागि मतदान हुनेछ ।
दोस्रो चरणको निर्वाचन अन्तर्गत असम, बिहार, छत्तीसगढ, जम्मु–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बंगालमा चुनाव शुरु भएको छ ।
दोस्रो चरणमा नेपाली भाषी क्षेत्र दार्जिलिङसहित पश्चिम बंगलका तीन जिल्लामा पनि आज मतदान हुँदैछ । बंगालको आलिपुरद्वार र कोचबिहारका जिल्लामा पहिलो चरणमै मतदान भएको थियो । बढी नेपाली भाषी रहेको क्षेत्र दार्जिलिङ, जलपाइगुडी र रायगन्जमा भने हुँदैछ । दार्जिलिङ क्षेत्रमा मात्रै १० लाख नेपाली भाषी छन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ८ : २२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको