सानो मुन्द्रे निक्कै जिद्धि थियो । उसले आफ्नो कुरालाई जसरी पनि माथि पार्ने गरी बोल्ने गथ्यो । उसको बानी सुधार्न घरमा मुन्द्रेका बुबाले एकजना पञ्जावी गुरुलाई घरमै ल्याएका थिए । गुरुले पठाउँदै मुन्द्रेलाई प्रश्न पनि सोध्ने गर्थे । एक दिन उनीहरुबीचको गफगाफ यस्तो थियो
गुरु : मुन्द्रे तँ ठूलो भएपछि के गर्छस् ?
मुन्द्रे : बिहे गर्छु सर ।
गुरु : मैले भन्न खोज्या, तँ के हुन्छस् भन्या के
मुन्द्रे : दुलाहा ।
गुरु : उफ कस्तो कुरा नवुझेको, ठूलो भएपछि के हाँसिल गर्छस् भनेको ?
मुन्द्रे : दुलही ।
गुरु : हत्तेरीका, तँ ठूलो भएपछि तेरो बाउको लागि के गर्छस् भन्या के मैले
मुन्द्रे : बुहारी ल्याउँछु ।
गुरु : जंगिँदै गधा, तेरा बाउ तँसंग के चाहन्छन् ?
मुन्द्रे : नाति नातिना ।
गुरु : हे भगवान, तेरो जीवनको उद्देश्य के हो भनेको ?
मुन्द्रे : सन्तानले डाँडा काँडा ढाक्ने ।
गुरु : ठाउँको ठाउँ बेहोस्
पढ्न लाग्ने समय : < 1 मिनेट
प्रतिक्रिया