यु–१९ विश्वकप खेल्ने अवसरबाट चुक्यो नेपाल | Khabarhub Khabarhub

यु–१९ विश्वकप खेल्ने अवसरबाट चुक्यो नेपाल


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आईसीसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट खेल्ने नेपाली युवा टोलीको सपना अधुरै रहने भएको छ ।

संयुक्त अरब ईमिरेट्स (युएई)ले ओमानलाई हराएसँगै विश्वकप खेल्ने नेपालको सपना अधुरै रहने भएको हो ।

ओमानसँगको अन्तिम खेलमा युएई १० विकेटले विजयी भयो । ओमानले दिएको १०६ रनको लक्ष्य युएईले १२.१ ओभरमा विनाकुनै विकेटको क्षतिमा पुरा गर्‍यो ।

युएई ओमानसँग पराजित भएको अवस्थामा मात्रै नेपाल यु–१९ विश्वकप छनौट प्रतियोगिताअन्तर्गत अंक तालिको शीर्ष स्थानमा उक्लिने अवस्था हुन्थ्यो ।

छनोट प्रतियोगितामा सम्मेलित ६ टोलीमध्ये शीर्ष स्थानमा रहने टोलीले मात्रै विश्वकप खेल्न पाउने छ ।

५ खेल खेल्दा सबैमा जीत निकाल्दै युएईले अंक तालिकको शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

वर्षाका कारण प्रभावित युएईसँगको खेल डिएल मेथडमा जाँदा नेपाल १ रनले पराजित भएको थियो । नेपालका लागि युएईसँगको उक्त हार दुर्भाग्य बन्यो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ११ : ५५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको