तैमुरमाथि फिल्म बन्ला ? डाइरेक्टर मधुर भण्डारकर यसो भन्छन् « Khabarhub

तैमुरमाथि फिल्म बन्ला ? डाइरेक्टर मधुर भण्डारकर यसो भन्छन्


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई- ‘नेसनल अवार्ड विनर’ फिल्ममेकर मधु भण्डारकरले सैफ अली खान र करीना कपूरका छोरा तैमुरमाथि फिल्म बनाउने कुरालाई इन्कार गरेका छन् । भारतीय मिडियामा तैमुरमाथि फिल्म बन्ने समाचार आइरहेका बेला उनले यस्तो खाले कुनै फिल्म बनाउन नलागेको स्पष्ट पारेका हुन् ।

निर्देशक भण्डारकरले उक्त समाचार गलत भएको बताउँदै भनेका छन्, ‘तैमुरमाथि कुनै फिल्म बन्न लागेको छैन, यो रिपोर्ट गलत हो ।’ सैफ अली खान र करीना कपूरका छोरा तैमुर स्टार किड्समा एक हुन्, जसको पपुलारिटी पूरै देशभर भाइरल हुने गर्छ ।

हालै निर्देशक भण्डारकरले तैमुर नामको टाइटल रजिस्टर गराएको चर्चा पनि चलेको थियो । तर, मधुरले आफ्नो प्रोडक्सन हाउसमा यस्तो कुनै टाइटल दर्ता नभएको बताएका छन् । बरु भण्डारकरले आफ्नो अघिल्लो फिल्मको नाम ‘गालिब’ भएको बताएका छन् ।

‘मेरो यात्रा चाँदनी बार फिल्मबाट शुरु भएको थियो र आखिरी फिल्म इन्दु सरकार थियो, जो शानदार फिल्म थियो,’ उनले भनेका छन्, ‘अहिले एक फिल्ममा काम गरिरहेको छु, जसको नाम गालिब हो, फिल्मको कथामा रिसर्च भइरहेको छ ।’

सैफ-करीनाका छोरा तैमुरलाई लिएर बलिउडमा निकै चासो हुने गर्छ । बेलाबेलामा तैमुरका समाचार बाहिर आइरहेका हुन्छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै