सगरमाथाको आधार शिविर पुग्दा छुट्टै संसारको अनुभूति : मनीषा कोइराला « Khabarhub

सगरमाथाको आधार शिविर पुग्दा छुट्टै संसारको अनुभूति : मनीषा कोइराला


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सगरमाथाको आधार शिविर पुगेर फर्किएकी अभिनेत्री मनीषा कोइरालाले त्यहाँ पुग्दा छुट्टै संसारमा पुगेझैँ लागेकाे बताएकी छिन् ।  त्यहाँका रमणीय स्थान र सेताम्य हिमालले मोहित तुल्याएको बताउँदै पुनः सगरमाथाको काखमा रमाउने चाहना रहेको बताइन् ।

नेपाल पर्यटन बोर्डले बिहीवार (आज) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कोइरालाले सगरमाथ स्वर्गतुल्य रहेको बताइन् ।

आधार शिविरमा पुग्दा आफूले निकै भाग्यमानी अनुभूति गरेको र त्यहाँको अवस्था कस्तो छ भनेर जान्न पाएकोमा खुशी व्यक्त गरिन् । उक्त क्षेत्रका स्थानीयबाट आफू अत्यन्तै प्रभावित भएको उनले सुनाइन् ।

‘हामीले नेपाली समुदायलाई पनि केही गर्नुपर्छ जस्तो लाग्यो, उहाँहरुले नै हामीलाई हिमाल देखाउने, हिमाल बुझेको उहाँहरु नै हो’, अभिनेत्री मनीषा कोइरालाले भनिन्, ‘उहाँहरुलाई स्वास्थ्य, शिक्षा र खेती गर्ने वातावरण बनाइदिनुपर्छ जस्तो लाग्यो ।’

कोइरालाले सगरमाथा आधार शिविर जानेमा नेपालीभन्दा धेरै विदेशी पर्यटक भएको बताइन् । उनले भनिन्- ‘यो सही कुरा हो, बाटोमा यति धेरै विदेशी थिए तर नेपाली भने एकदमै कम थिए, म सबैलाई अनुरोध गर्न चाहन्छु कि, हामी सक्छौँ भने हामी पनि जाऊँ ।’

आफू पहिलोपटक सगरमाथा आधार शिविर जाँदा धेरै दृश्य देख्न पाएको र लोकेशन नै लोकेशन भएको ठाउँ भएकाले आफू निकै खुशी भएको भन्दै यो ठाउँको बारेमा अरुलाई पनि जानकारी गराउने बताइन् ।

‘हामीले एक रात सगरमाथा आधार शिविरमा बितायौँ, राति चाहिँ अलिकति डर लाग्यो, तर त्यो समय निकै रमाइलो पनि थियो, टेन्टबाट बाहिर निस्कने बित्तिकै त्यो दृश्य हेरेँ, मलाई सिरिङ्ग भयो, तर निकै खुशी पनि लाग्यो, रमाइलो पनि लाग्यो ।’, मनीषाले सगरमाथा आधार शिविर पुग्दाको पहिलो अनुभव सुनाइन् ।

साथै मनीषाले हिमालका माध्यमबाट पर्यटकलाई ‘प्रोमोट’ गर्न सकिने धारणा राखिन् । उनले पर्यटकलाई हिमाल लैजाने त्यहाँका स्थानीयको सरकारले ख्याल गर्नुपर्ने बताइन् ।

स्थानीयले स्वास्थ्यलाई ख्याल गर्नुपर्ने उनको धारणा थियो । ‘मेरो रक्षक हुनुहुन्थ्यो र त मलाई गाह्रो भएको थियो भने उहाँहरु त ठूलो फलाम बोकेर जानुहुन्थ्यो, उहाँहरु एकदिन बिरामी हुनुभयो भने परिवारलाई कसले हेर्छ ?’, उनले प्रतिप्रश्न गरिन् ।

उनले सगरमाथा आधार शिविर पुग्न लुक्लाबाट झण्डै आठ दिन लागेको समेत स्मरण गरिन् । साथै मनीषाले डकुमेन्ट्री तयार गरेपछि सबैलाई देखाउने पनि बताइन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ७ : ०३ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा