लगातार हारपछि अर्जुनले भने : बाँकी तीन खेल जित्ने प्रयास हुनेछ « Khabarhub

लगातार हारपछि अर्जुनले भने : बाँकी तीन खेल जित्ने प्रयास हुनेछ


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लगातार हार बेहोरेपछि पोखरा एभेन्जर्स दबाबमा परेको छ । प्रतियोगितामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको पोखराले अब बाँकी खेल जित्दै सुखद अन्त्य गर्ने लक्ष्य राखेको छ ।

पोखराका युवा ब्याटर अर्जुन कुमालले बाँकी तीन खेल जित्ने प्रयास गर्ने बताएका छन् । लगातारको हारले टोली निराश भए पनि प्रतियोगितामा अझै अवसर बाँकी रहेकाले आगामी खेलमा राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ ।

पोखराले प्रतियोगितामा अहिलेसम्म अपेक्षाअनुसार ब्याटिङ गर्न सकेको छैन । अनुभवी तथा विदेशी खेलाडीको साथ पाए पनि टोलीले सामूहिक प्रदर्शन गर्न नसक्दा लगातार हार बेहोर्नुपरेको छ ।

पोखराको ब्याटिङमा कप्तान कुशल भुर्तेल, अर्जुन कुमाल, शाकिब अल हसन, महेदी हसन र अन्य खेलाडीबाट अपेक्षा गरिएको प्रदर्शन आउन सकेको छैन । बलिङमा पनि विपक्षी टोलीलाई दबाबमा राख्न पोखरा संघर्षरत देखिएको छ ।

लगातारको हारपछि पोखराका लागि अब बाँकी तीन खेल महत्त्वपूर्ण बनेका छन् । प्लेअफको सम्भावना कायम राख्न टोलीले बाँकी खेलमा जित निकाल्नुका साथै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ । अर्जुनले बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्दै जित निकाल्ने प्रयास गर्ने बताएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ९ : ३५ बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

लगातार हारपछि अर्जुनले भने : बाँकी तीन खेल जित्ने प्रयास हुनेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लगातार हार

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई

एनपीएलमा चितवनको दोस्रो जित, पोखरालाई लगातार चौथो हार

काठमाडौं – बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिग

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

रसुवा– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा