करोडौंको बजेट विनियोजन गरेर कार्यक्रम नै गर्दैनन् स्वास्थ्यका निकाय « Khabarhub

करोडौंको बजेट विनियोजन गरेर कार्यक्रम नै गर्दैनन् स्वास्थ्यका निकाय


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले रोग निरोधात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रमका लागि बजेट विनियोज गरेर कार्यक्रम नै नगरेको पाइएको छ ।

कार्यक्रम संचालनका लागि छुट्याइएको ६८ करोड ६४ लाख स्वास्थ्य सेवा विभाग अन्तर्गतका ६ वटा महाशाखा तथा ३ वटा केन्द्रहरुले खर्च नै गरेका छैनन् ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य सेवा विभाग अन्तर्गतका महाशाखाहरुले विभिन्न कार्यक्रमको लागि २७ करोड २१ लाख बजेट छुट्याइएको भएपनि कार्यक्रम नै नगरेको उल्लेख छ ।

बजेट पाएपनि कार्यक्रम नगर्ने महाशाखाहरुमा पुनर्जागरण,  इपिडिमियोलोजी, बाल स्वास्थ्य, परिवार स्वास्थ्य, आपूर्ति व्यवस्था र व्यवस्थापन महाशाखा रहेका छन् ।

महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा पुनर्जागरण महाशाखाले जीवनशैली परिवर्तन, नाक, कान घाँटी सम्बन्धी अभिमुखीकरण तालिमको ४ वटा कार्यक्रमका लागि १ करोड १३ लाख छुट्याए पनि कार्यक्रम नै गरेन ।

यस्तै इपिडिमियोलोजी महाशाखाले सर्पदंश र खानाको गुणस्तर लगायतका १३ कार्यक्रमका लागि छुट्याएको ४ करोड ४ लाखको कार्यक्रम सञ्चालन नै गरेको छैन । बाल स्वास्थ्य महाशाखाले निमोनिया सम्बन्धी अनुसन्धान लगायतका ४२ वटा कार्यक्रम गर्ने लक्ष्यसहित ३ करोड ७६ लाख बजेट छुट्याएर कार्यक्रम गरेन ।

परिवार स्वास्थ्य महाशाखाले एनेस्थेसिया, क्यानलाइजेशन लगायतका २५ वटा कार्यक्रमको लागि ९ करोड ८१ लाख छुट्याएर कार्यक्रम भने गरेन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले ९ वटा कार्यक्रमका लागि ४ करोड ७० लाख र व्यवस्थापन महाशाखाले फोहोरमैला व्यवस्थापन लगायतका २७ कार्यक्रमका लागि छुट्याएको ३ करोड ७७ लाखको कार्यक्रम संचालन नै गरेको छैन ।

यस्तै, राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोग निदान तथा व्यवस्थापन लगायतको २४ वटा कार्यक्रमका लागि छुट्याएको ३१ करोड १८ लाखको प्रगति शुन्य छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रले हात्तीपाइले लगायतका १० ओटा कार्यक्रमको लागि विनियोजन गरेको ५ करोड ८५ लाख, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाले मलेरिया, डेङ्गु लगायतका अनुसन्धानका १४ कार्यक्रमका लागि छुट्याएको १ करोड ४० लाखको कार्यक्रम संचालन नै गरेको छैन ।

सरकारी निकायले विभिन्न रोगको निरोधात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रमको योजना बनाएर कार्यक्रम नै नगर्दा स्वास्थ्य सेवाका क्षेत्रमा परिमाणत्मक लक्ष्य प्राप्त हुन सकेको छैन ।

कार्यक्रमका लागि छुट्याइएको रकम तथा कार्यक्रम सञ्चालन नै नहुँदा नेपालमा नसर्ने रोगसम्बन्धी बिरामीको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ७ : ४६ बजे

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी

अर्धशतक प्रहार गरेका विराटनगरका दुबै ओपनर आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा अहिले