नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक : महासचिव पौडेल « Khabarhub

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक : महासचिव पौडेल


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालमा चिनियाँ लगानीकर्ताहरु लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

उनले आफ्नो चीन भ्रमण फलदायी रहेको भन्दै चीन भ्रमणले दुई देशबीचको सम्बन्ध मजबुत भएको बताए ।

महासचिव पौडेलले खबरहबसँग कुरा गर्दै भने ‘१२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सियानस्थित रेल्वे कलेजको अवलोकन गरेको थिएँ, अवलोकनका क्रममा चिनियाँहरुले नेपाली  विद्यार्थीलाई आवश्यक परे छात्रवृत्ति लगायत सहुलियत प्रदान गर्ने इच्छा प्रकट गरे ।’

उनले नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानमा चिनियाँहरुको साथ र सहयोग रहने समेत अपेक्षा गरे ।

उनले भने, ‘नेपालमा भएको लगानी सम्मेलनकै क्रममा चिनियाँ लगानीकर्ताहरुले लगानीका लागि जुन तत्परता देखाएका थिए, चीनमा व्यापारीहरुसँगको भेटघाटका क्रममा त्यो भन्दा बढी सौहार्दता पाएँ ।’

चीन भ्रमणको अन्तिम दिन विहीबार बिहान महासचिव पौडेलले सियान रेल्वे युनिभर्सीटीको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा रेल्वे इन्जीनियरिङ, टेक्निसियन, ड्राइभर लगायतलाई तालिम दिने लगायत बिषयमा छलफल भएको जानकारी दिए ।

बेइजिङ र सियान शहरको भ्रमणपछि महासचिव पौडले विहीबार नै स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ६ : २७ बजे

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको

‘अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार