पर्यटन वर्षलाई लक्षित गरी ‘सम्पदा मार्ग’ | Khabarhub Khabarhub

पर्यटन वर्षलाई लक्षित गरी ‘सम्पदा मार्ग’


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले विश्व सम्पदासूचिमा सूचिकृत दुई सम्पदा हनुमानढोका दरबार क्षेत्र र स्वयम्भू स्तुपा जोड्ने ‘सम्पदा मार्ग’ को गुरुयोजना सार्वजनिक गरेको छ ।

बिहीवार विश्व सम्पदा दिवसको अवसर पारी हनुमानढोका दरबार क्षेत्रमा गुरु योजना सम्वन्धी पुस्तिका सार्वजनिक गरी महानगरले ‘सम्पदा मार्ग’ को गुरुयोजना तयार भएको जानकारी दिएको हो ।

काठमाडौं महानगरपालिका र शहरी योजना आयोगले संयुक्त रुपमा सम्पदा पदमार्गको गुरुयोजना तयार पारेका हुन् । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा मनाउने यो दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो ।

गुरुयोजना सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्यले पर्यटन वर्ष २०२० लाई लक्षित गरी उक्त ‘सम्पदा मार्ग’ को गुरुयोजना तयार पारेको जानकारी दिए ।

‘काठमाडौं महानगरपालिका सम्पदा नै सम्पदाको शहर हो,’ शाक्यले भने । साथै कतिपय मूर्त सम्पदाहरु ओझेलमा परेको र तिनको संरक्षण गर्दै आन्तरिक र बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने उद्देश्यसहित महानगर अघि बढेको मेयर शाक्यले बताए ।

दुई सम्पदा जोड्ने यो सबै भन्दा छोटो दुरीको पदमार्गको गुरुयोजना तयार भएको र महानगरले आउने दिनमा स्थानीयहरुसँग छलफल गरी पदमार्ग भित्र रहेका कलात्मक एवं ऐतिहासिक महत्व बोकेका मन्दिर, चैत्य, ढुंगेधार, सत्तल, पाटीको पनि संरक्षण गर्दै आकर्षित पदमार्गका रुपमा विकास गर्ने छौँ महानगरले जनाएको छ ।

गुरुयोजना तयार गर्दा नै स्थानीय, स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार, केन्द्र सरकार र सो क्षेत्रका विभिन्न संघ–संस्था गुठीसँग पनि छलफल गरेको भन्दै मेयर शाक्यले यो योजना अघि बढाउन सबैको सहयोग प्राप्त हुनेमा आफूँ आशावादी रहेको पनि प्रष्ट पारे ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सातौँ शताब्दीदेखिको इतिहास उक्त पदमार्गमा रहेको भन्दै यसले काठमाडौं शहरको परिचय दिनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।

उक्त पदमार्गमा काठमाडौं महानगरपालिकाका वडा नं. १५, १८, १९, २०, २३ र २४ पर्दछन् । दुई दशमलब दुई किलोमिटर दूरीको यो पदमार्गको मुख्य स्थानमा पाटी, हिटी, अमूर्त साँस्कृतिक सम्पदाहरु, पार्क तथा खुला क्षेत्र र चौताराहरु रहेका छन् । ती सबैलाई परम्परागत शैलीमा विकास गर्ने गुरुयोजनामा समेटिएको छ ।

महानगरले सो पदमार्गसँगै पशुपति विकास क्षेत्र र बौद्धलाई पनि पदमार्गका रुपमा विकास गर्ने योजना बनाएको छ ।  काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि जस्ता सम्पदाहरू अवलोकन गर्न सकिने छ ।

महानगरपालिकाले ती सम्पदाहरू पहिचान गर्न विभिन्न संकेत चिन्हहरू राख्ने, स्थानीय घरहरूलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँ–ठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ ।

यी दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराहरूको अभिलेखीकरण, प्रवद्र्धन र संग्रह गरिने छ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ८ : २५ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश